राजमार्ग अनलाईनको दोस्रो वार्षिकोत्सव

गणतन्त्र समाचारदाता
दाङ, ४ माघ । राजमार्ग अनलाईनले शनिबार दोस्रो वार्षिकउत्सव मनाएको छ । दाङको घोराहीबाट मोरल अथोरिटी मिडीया प्रालिद्वारा संचालन हुँदै आएको राजमार्ग अनलाईन बाह्रकुने दहमा एक औपचारिक कार्यक्रम गरि दोस्रो वार्षिकउत्सव मनाएको हो ।
अनलाइन संचालक समितिका अध्यक्ष तथा प्रधान सम्पादक दिपक जीएमको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जिएमको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि जिएमले शिक्षाको एउटा माध्यम आम संचार जगत रहेको भन्दै सत्य, तथ्य र निष्पक्ष ढंगले समाचार सम्प्रेसन गर्नुपर्ने बताउनुभयो । उहाँले कलम सानो भएपनि शक्तिशाली भएकोले राजमार्ग अनलाईन आवाजबिहिनको साथी बन्नुपर्नेमा जोड दिनुभयो । प्रविधिको विकाससंगै अहिलेको समयमा अनलाईन पत्रकारिता आवश्यकता रहेको उल्लेख गर्दै अनलाइन पत्रकारितालाई थप विश्वसनियता बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा दाङ महिला जेसिजका अध्यक्ष ममता विष्ट, त्रिभुवननगर जेसिजका अध्यक्ष मुकेश शर्मा, लायन्स क्लब अफ घोराही सिटीका अध्यक्ष बिमल श्रेष्ठ लगायतले नागरिकको सुचना पाउने अधिकार स्थापित गर्न राजमार्ग अनलाईनको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

संचालक समितिका महासचिव मिनराज भाटको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा विभिन्न क्षेत्रमा सहयोग गर्ने व्यक्ति तथा सामाजिक संघ संस्थालाई सम्मान गरिएको छ । अनलाइनले दोस्रो वार्षिक उत्सवको अवसरमा लायन्स क्लब अफ घोराही सिटी, त्रिभुवन नगरजेसिज , दाङ महिला जेसिज, सफल व्यवसायी तथा टिमार्टका संचालक टिकाराम रावत, सफल महिला ब्यबसायी हुकुमा रोका, खेलाडी गोपाल कुवँर, संचालक समित सदस्य धर्मेन्द्र श्रेष्ठ र प्रविनकुमार भण्डारीलाई सम्मानपत्रले सम्मान गरिएको छ ।

अनलाइनले छोटो समयमै तुलसीपुर र लमहीमा पनि शाखा विस्तार गरिसकेको छ । संचालक समितिका अध्यक्ष तथा प्रधानसम्पादक दिपक जीएमले अनलाईनलाई पाठकको मागबमोजिम थप परिस्कृत बनाउदै लगिने बताउनुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *