प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदम असंवैधानिक ः नेपाल

गणतन्त्र समाचारदाता
तुलसीपुर, ४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले जनमत र संविधानको अबमूल्यन गरेको तथा कम्युनिष्ट पार्टीलाई कमजोर पार्ने काम गरेको बताउनुभएको छ ।
जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेला एवं राजनितिक प्रशिक्षण कार्यक्रमलाई शनिवार दाङको तुलसीपुरमा सम्बोधन गर्दै नेता नेपाले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदम राष्ट्रघाती भएको बताउनुभयो ।

उहाँले प्रधानमन्त्री ओलीको व्यक्तिवादी, अहंकारवादी र लोकतन्त्रविरोधी कदमले देश गम्भीर दुर्घटनातर्फ जान थालेको बताउनुभयो । संविाधान, लोकतन्त्र र जनतमतको रक्षाका लागि आँफूहरु लागि परेको नेपालले स्पष्ट पार्नुभयो ।
उहाँले ओलीले देश, जनता र कम्युनिष्ट पार्टीलाई घात गर्ने काम गरेरकाले पार्टीबाट कारबाही गरिएको जानकारी दिनुभयो ।

पार्टीका प्रबक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रियता, गणतन्त्र र संविधानको रक्षाका लागि सबैलाई एक हुन आह्वान गर्नुभयो । आफुहरुआधिकारीक पार्टी भएको र अब पार्टी, देश तथा व्यवस्था बचाउने जिम्मेवारी पनि आफुहरु माथी आएको जिकिर गर्नुभयो ।
स्थायी समिति सदस्य कृष्णबहादुर महराले अब अदालत र निर्वाचन आयोगले जनताको पक्षमा सत्य निर्णय गर्ने आशा व्यक्त गर्नुभयो । पार्टीका केन्द्रिय सदस्य ओनसरी घर्तीले नेकपा आधिकारी पार्टी आफुहरु नै भएको जिकिर गर्नुभयो ।

उहाँले राष्ट्र विकास र जनताको न्यायका लागि प्रधानमन्त्री ओली बाधक रहेको बताउनुभयो ।
स्थायी समिति सदस्य युवराज ज्ञवालीले कम्युनिष्ट पार्टी भित्रबाटै प्रतिगमनको काम सुरु भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले कम्युनिष्ट पार्टीको झण्डै दुई तिहाई बहुमतको संसद विघटन गरेर कम्युनिष्ट पार्टी र जनमतलाई ठूलो घात गरेको आरोप लगाउनुभयो । अर्का स्थायी समिति सदस्य बर्षमान पुनले संसद विघटन संबिधान उल्लंघन र प्रतिगामी कदम भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले गत जेठ महिनाबाटै संसद विघटन र पार्टी एकता भाड्ने योजना बनाएको आरोप लगाउनुभयो । प्रधानमन्त्री ओली व्यक्तिबादी र स्वेच्छाचारी प्रबृत्तीबाट अघि बढ्दा देश नै संकटमा पुगेको बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा दाङका अध्यक्ष टीकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रचण्ड नेपाल समूहका जिल्लाभरका नेता कार्यकर्ताहरु सहभागि भएका थिए । कार्यक्रमको सहजिकरण नेकपाका सचिब सुवास पुनले गर्नुभएको थियो ।

 

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *