प्रधामन्त्रीलाई संसद् विघटन गर्ने अधिकार छैन

गणतन्त्र समाचारदाता
घोराही, ४ माघ । पूर्वप्रधानमन्त्री एवं नेकपा (प्रचण्ड–नेपाल समूह) का अध्यक्ष माधवकुमार नेपालले संविधानमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नै भएको अवस्थामा केपी ओलीले राजनीतिक ‘कू’ गरेको बताउनु भएको छ ।

ओलीले संविधान र लोकतन्त्रको घाँटी अठ्याएर जननिर्वाचित प्रतिनिधिसभालाई बेहोस बनाएको भन्दै नेपालले भन्नुभयो,– ‘वुटी दिइयो भने प्रतिनिधिसभा ब्यूँतने छ ।

’ प्रेस संगठन दाङद्वारा शनिवार घोराहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेपालले प्रधानमन्त्री ओली लोकतन्त्रवादी र कम्युनिष्टसमेत नभएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो,–‘केपीको कदमविरुद्ध काँग्रेस, जनता समाजवादी, जनमोर्चालगायतका सवै दलहरु एकतावद्ध छन । नागरिक समाज, पत्रकार, कानुन व्यवसायी सवै विपक्षमा छन ।
प्रेस संगठन दाङका संयोजक प्रकाश चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यदल सदस्य पाण्डव शर्माले गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *