वास्तविक सफलता कसरी प्राप्त गर्ने ?

प्रेम रावत
सफलता प्राप्तिको दबाबलाई आज हरेक मानिस महसुस गरिरहेको छ । मानिसलाई शान्ति र आनन्दका बारेमा कुरा गर्दा उनीहरूको साझा धारणा यही रहन्छ– ‘म जीवनमा सफल हुन चाहन्छु ! आफ्नो व्यवसायलाई अझै उचाइमा पु¥याउन चाहन्छु ।’ यी सबै कुराका बीचमा यदि तपाईंलाई शान्ति तपाईँभित्रै भएको कुरा थाहा भयो भने तपाईँलाई कस्तो अनुभूति हुन्छ !

यदि कसैले तपाईँलाई भनोस्, ‘तपाईँ जब सफल बन्नुहुनेछ तब तपाईँमा यति धेरै दुःखको पहाड बज्रिनेछ जसलाई तपाईँले सहनै सक्नुहुन्न ।’ तपाईँ कहिले सफल हुनुभयो, तपाईँलाई यो कुरा कसरी थाहा हुन्छ ? के तपाईँलाई यो दुनियाँले भन्छ ? यदि दुनियाँले भन्न थाल्यो भने त तपाईँले सफलतालाई बिर्सनुहोस् ।

वास्तवमा तपाईँभन्दा बढी सफल एउटा अर्को व्यक्ति पनि हुनेछ जो तपाईँभन्दा माथि हुनेछ !
यति कुरा थाहा पाएर पनि यदि कसैले तपाईँलाई यस्तो खालको सफलताको कुरा ग¥यो भने तब पनि तपाईँ सफल मानिस बन्न चाहनुहुन्छ ! तपाईँ किन सफल हुन चाहनुहुन्छ ? कि तपाईँ पनि त्यो अन्धो दौडमा सहभागी भइरहनुभएको छ किनभने अरू मानिस पनि यसमा सामेल भएका हुन्छन् ! तपाईँ त्यस्तो खालको सफलताको खोजी नगर्नुहोस् तर वास्तविक ‘सफलता’ कहाँ प्राप्त होला त ?
एकदिन यो संसारमा आउनुभयो अनि एकदिन तपाईँले यहाँबाट जानुपर्छ । यदि तपाईँले सफलता प्राप्त भएपछि यो संसारबाट जानुपर्दैन भनेर सोच्नुभयो भने यो कुरा कदापि सत्य साबित हुन सक्दैन । यो संसार त जहाँको त्यहीँ नै रहनेछ अनि तपाईँ जानुहुनेछ । चाहे तपाईँ जोसुकै हुनुहोस् । सबैभन्दा ठूलो कुरा त मानिसभित्रै शान्ति छ । शान्ति त्यस्तो चीज हो जसद्वारा मानिसले स्वयंलाई पहिचान गर्न सक्छ । उसले आफ्नो क्षमता के हो अनि उसको कमजोरी के हो भनेर थाहा पाउनुपर्छ । शान्ति त के हो भने, मानिसभित्र जुन आँधीबेहरी आइरहन्छ त्यसबाट फुत्केर उसभित्रै रहेको चीजलाई अनुभव गर्न सफल होओस् । शान्तिले जीवनलाई जिउन सिकाउँछ, आभार व्यक्त गर्न सिकाउँछ । आँखा बन्द छ भने बन्दै रहिरहन्छ भन्ने होइन । आँखा चिम्लनु शान्ति होइन, हृदयलाई खोल्नुचाहिँ शान्ति हो । आफूले आफूलाई चिन्नुचाहिँ शान्ति हो । आफूले आफैँलाई खोज्नु शान्ति हो । वास्तविक सफलता तब हुन्छ, जब मानिसले त्यो वास्तविक शान्ति प्राप्त गर्छ । आज हामीले यो संसारलाई हेर्ने हो भने, आवश्यकताहरूका आधारमा यो सञ्चालित भइरहेको छ ।
भोक लाग्छ, खानाको आवश्यकता पर्छ । तिर्खा लाग्छ, पानी चाहिन्छ । आराम चाहिन्छ । निद्रा लाग्छ, आराम गर्ने स्थानको खाँचो पर्दछ । आज चलायमान यो संसार यसकारण सञ्चालित भइरहेको छ किनकि मानिसका केही आवश्यकताहरू छन् अनि त्यसलाई पूरा गर्नुपर्ने हुन्छ । यो संसारमा मानिसहरू आवश्यकतालाई पूरा गर्नका लागि हरेक दिन केही न केही गरिरहन्छन् । मानिसका व्यक्तिगत आवश्यकताहरूलाई पूरा गर्नका लागि ऊ कहिल्यै दुःखी हुँदैन । तथापि, त्यो आवश्यकता समाजले, यो संसारले हामीमाथि लादिदिएको छ, थोपरिदिएको छ, त्यसलाई पूरा गर्नका लागि मानिस अवश्य दुःखी हुन्छ । मानिसको वास्तविक चाहना के हो ! तपाईँलाई लाग्दो हो– संसारको भ¥याङ माथितिर गइरहेको छ । वास्तवमा तपाईँ तलतिर गइरहनुभएको छ अनि जहाँबाट तपाईँ उक्लिन शुरु गर्नुभएको थियो, तपाईँलाई त्यहीँ नै भएको महसुस हुन्छ ।
प्रकृतिले कसैलाई धनी र गरिब बनाएको होइन । केवल धनीका बारेमा कुरा पनि होइन । वास्तवमा कोही पनि गरिब छैन । आँपको रुखले कसैलाई पनि छुट दिँदैन अनि सबैलाई छुट पनि दिन्छ । त्यसको फल जस्तो छ, त्यस्तै छ । कोही धनीले चाखोस्, गरिबले चाखोस्, चराले चाखोस्, बाँदरले नै किन नचाखोस् तर मानिसले मात्रै सबैलाई फरकपनको आँखाले हेर्छ ।
हामी सबैभन्दा पहिला मानिस हौँ तर जुन हाम्रो वास्तविक धर्म हो, यदि त्यसलाई बुझेनौँ, आफूले आफूलाई बुझेनौँ भने त सबै भएर पनि केही पनि हुँदैन । यो संसारमा हाम्रा जिम्मेवारीहरू के–के छन् भन्ने कुरा हामीलाई थाहा नै भएन । वास्तवमा हाम्रो आफ्ना लागि बहन गर्नुपर्ने दायित्व के हो ? जबसम्म यो कुरा थाहा हुँदैन तबसम्म जीवनमा वास्तविक सफलताका बारेमा थाहा हुँदैन । त्यो वास्तविक सफलतालाई कसरी प्राप्त गर्ने भन्ने कुरा नै सबैभन्दा महत्त्वपूर्ण हो । उदाहरणका लागि म तपाईँको साथी हुँ । अनि, तपाईँ पहिला कहिल्यै पनि नगएको यात्रामा निस्कनुभएको छ । तपाईँ पहिलोपटक गइरहनुभएको छ । तपाईँको सबै तयारी पनि पूरा भयो । त्यसपछि तपाईँ मेरो मित्र भएका कारणले मैले एउटा उपहार दिइरहेको छु तर मैले त्यो उपहार के हो भनेर तपाईँलाई भनेको छैन । तपाईँ त्यस बट्टालाई लिएर कतै राख्नुहुन्छ । तपाईँसँग एकदमै धेरै सरसामान छ । तर, तपाईँले त्यो कहाँ राख्नुभएको छ भन्ने कुरालाई नै बिर्सनुभएको छ ।
अब तपाईँ निस्कनुभयो । शुरुमा त यो यात्रा निकै रोमाञ्चक भयो अनि सबै कुरा राम्रोसँग चलिरहेको थियो । अब भने बिस्तारै–बिस्तारै गरेर यो यात्रा केही कठिन हुन थाल्छ । तपाईँलाई अब त्यो सबै सामान बोक्न सक्दिन भन्ने लाग्न थाल्छ । बिस्तारै–बिस्तारै तपाईँले आफ्नो सामान छोड्नुपर्छ । यस्तो गर्दागर्दै एउटा यस्तो स्थिति पनि सिर्जना हुन्छ, तपाईँसँग अब एउटै मात्र झोला बचेको छ । अनि, तपाईँ हिँडिरहनुभएको हुन्छ ।
तपाईँको अवस्था अब यति धेरै नाजुक हुन थाल्छ किनकि तपाईँले आफूले आफूलाई एकदमै विपन्न भएको महसुस गर्न थाल्नुहुन्छ । भोकका कारण तपाईँको अवस्था अत्यन्तै दयनीय हुन्छ । तपाईँ गाउँमा जानुहुन्छ, हेर्नुहुन्छ– खानका लागि ठाउँ–ठाउँमा पसलहरू राखिएका छन् तर तपाईँसँग पैसा छैन । तपाईँको अवस्था यस्तो हुन्छ, थकित भएर बस्नुहुन्छ ! तपाईँ भोकले व्याकुल हुनुहुन्छ । तपाईँले कसैसँग पानी माग्नुभयो भने पनि तिनले पैसा माग्छन् । अब त तपाईँले आफूले आफूलाई एकदम धेरै गरिब भएको महसुस गर्नुहुन्छ । अनि, तपाईँले यदि खाना–पानी प्राप्त गर्न पाउनुभएन भने तपाईँ जीवित रहन नसक्ने स्थिति सिर्जना हुन्छ । तब तपाईँ रुँदारुँदै निदाउनुहुन्छ । कसैले आएर तपाईँलाई उठाउँछ । तपाईँको आँखाबाट आँसु बगिरहेको हुन्छ अनि तपाईँले मलाई अर्थात् आफ्नो मित्रलाई पाउनुहुन्छ ।
म तपाईँसँग सोध्छु, ‘मित्र ! के भयो तिमीलाई ?’
भन्नुहुन्छ, ‘के भनूँ ? सारै दयनीय अवस्था छ !’
म सोध्छु, ‘मैले दिएको उपहार तिमीले पाएनौ ?’
भन्नुहुन्छ, ‘कस्तो उपहार ?’
‘थाहा छ, जब तिमी हिँड्न लागेका थियौ नि त्यतिखेर मैले तिम्रो लागि एउटा उपहार दिएको थिएँ ।’
‘हजुर ! याद आयो !’
‘कहाँ छ त्यो उपहार ?’
‘थाहा छैन, कहाँ पो राखेँ ? मैले पछाडि यति धेरै सामानलाई छोड्नुप(यो । हुनसक्छ, त्यसैमा हरायो होला !’
म सोध्छु, ‘तिमीले खोज्ने कोशिश ग¥यौ ?’
‘अहँ !’
पुनः सोध्छु, ‘अब तिमीसँग के बाँकी छ ?’
‘अब एउटा झोला मात्रै छ !’
‘त्यसमा खोज्यौ त ! खोज !’
खोल्नुहुन्छ । त्यसमा त्यो उपहार हुन्छ ।
‘के हो यो ?’
‘खोलेर त हेर !’
खोलेर हेर्नुहुन्छ । त्यसमा लाखौँको हिरा हुन्छ । अब हिरालाई खान त मिल्दैन तर बेच्नचाहिँँ सकिन्छ । अनि, तपाईँले त्यो हिरालाई बेचेर मनले चाहेको खानेकुरा खान सक्नुहुन्छ । अर्थात्, उनका लागि सबै कुरा प्राप्त हुनसक्छ । हामी यो यात्रामा हजारौँ सपना बोकेर हिँडेका छौँ । थाहा छैन हामीले कति उपहार प्राप्त ग¥यौँ पनि होला । तर, एउटा उपहार फेरि पाइरहिएको छ, त्यो हो– यो ‘जीवनको उपहार’ । यो ‘श्वासको उपहार’ ।
जुन चीज हाम्रो हृदयमा अवस्थित छ– त्यो उपहार ! त्यसलाई खोलेका छैनौँ । अनि, अवस्था यति नाजुक भइसक्यो कि परिस्थितिले विवश भएका छौँ । यो विवशतामा पनि त्यो उपहारलाई खोल्न चाहेका छैनौँ । यसकारण योभन्दा दरिद्र अरू कोही पनि हुन सक्दैन ! त्यसलाई खोल्नुहोस् । हिरा त हिरै हो !
तर, हिराभन्दा पनि मूल्यवान् चीज त तपाईँभित्रै छ । अतः सबैभन्दा पहिला आपूmले आपूmलाई चिन्नु, आपूmले आपूmलाई पहिचान गर्नु अत्यन्तै आवश्यक कुरा हो ।
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण ः डा. प्रेमराज ढुङ्गेल ।)

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *