बाह्रकुने दह परिसरमा ठेलाको व्यापार, दैनिक ४ हजारसम्मको कारोवार

गणतन्त्र समाचारदाता
घोराही, ५ माघ । साँझविहानको छाक टार्न र सुखमय जीवन निर्वाहका लागि कुनै एक पेशामा हरेक व्यक्ति जोडिएका हुन्छन् । सडक किनार देखी महल सम्मको व्यापार सँगै अन्य विभिन्न रोजगार र पेशामा सबै नागरिकहरु आबद्ध छन् ।
घोराही उपमहानगरपालिका १३ बनगाउँकी ३५ वर्षिय गीता परियार बाह्रकुने दह परिसरमा ठेलामा पसल गर्दै आउनुभएको छ ।

लामो समयसम्म रोजगारीको क्रममा भारतमा रहनु भएकी उहाँ र उहाँका श्रीमान्ले यही ठेला व्यवसायबाट दैनिक ३ देखी ४ हजारसम्म आम्दानी गर्दै आउनु भएको छ । ६० हजार रुपैयाँको लगानीमा सुरु गर्नुभएको यही व्यवसायमा उहाँले सन्तुष्टि भेट्नु भएको छ । गिता परियार भन्नुहुन्छ,–‘ कोरोनाले गर्दा केही प्रभाव गरेपनि शनिबार नागरिक चहलपहल अलि धेरै हु्न्छ भने त्यो दिन कारोवार पनि राम्रै हुन्छ ।

यस्तै शनिवारबाहेकका अरु दिनमा पनी मन्दिरमा पुजा गर्न आउने भक्तजनहरुको भिडभाड नै हुन्छ । त्यसैले पनि हाम्रो कारोवार राम्रै छ । यहाँ धेरै पसल पनि छैनन्, ३,४ वटा मात्रै छ । त्यसैले पनि हामीलाई व्यपार गर्न सहज छ, उहाँले भन्नु भयो ।

दाङको प्रसिद्ध धार्मिक स्थल बाह्रकुने दह परिसरमा पुग्ने हो भने त्यहाँ मन्दिरको पश्चिमतर्फ दुईचार वटा ठेलामा चाउमिन, पकाउडी, समोसा, चिया लगाएतका खाने पर्दाथहरु राखिएको हुन्छ ।

त्यस्तै मध्येको एक दुष्य त्यहाँ छ, गिता परियार र उहाँका श्रीमान् राजु परियारको । दुबै जना भरपुर मेहनत र ईच्याशक्तिका साथ अफ्नै व्यवसायलाई सफल बनाउन लागी पर्नु भएको छ ।
गिता परियारका श्रीमान् राजु भन्नुहुनछ,–‘ म लामो समय सम्म रोजगारीको क्रममा भारत बसे त्यहाँ मैले अरुकोमा जागीर गर्दथे । अहिले नेपालमा आफ्नै ठाउँमा सानो भएपनि आफ्नै व्यवसाय गर्न पाउदा निकै खुशी र सन्तुष्ट लाग्छ ।

मैले र मेरो श्रीमतीले मीलीजुली हाम्रो व्यवसायलाई सहजरुपमा अघि बढाईरहेका छौँ । हामीले बाह्रकुने दह परिसरमा यो व्यवसाय गर्न थालेको २ महिना भयो । बिस्तारै हामी यसलाई अझै विस्तारित रुपमा अघि बढाउदै लैजाने सोचमा छौँ, उहाँले भन्नु भयो ।

अर्कोतर्फ गिता परियारले आफु महिला हुनुमा गर्भ पनि गर्नु हुन्छ । उहाँ भन्नुहुन्छ मलाई एउटा महिला हुनुमा गर्भ छ, मैले घरको चुलो चौको भन्दा बाहिरको वातावरण बुझ्न पाएको छु । म यसैमा खुशी छु र मैले मेरो व्यवसायबाट निकै सन्तुष्टि भेटेको छु, उहाँले भन्नु भयो ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *