घोराहीमा मेयर कप फुटबल प्रतियोगिता सुरु खेलले युवाहरुलाई रचनात्मक बनाउँछ ः डाँगी

दीपक जीएम
दाङ,५ माघ । दाङको घोराहीमा आजदेखि मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । कोरोना महामारीका कारण रोकिएको खेलकुद गतिविधिलाई चलायमान बनाउन र खेलाडीलाई प्रोत्साहका लागि प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगिताको उद्घाटन लुम्विनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले गर्नुभएको हो ।

प्रदेश सदस्य डाँगीले मेयरकप फुटवल प्रतियोगिताको चौथो सस्करण तथा दोस्रो उपमेयर छात्राकप भलिवल प्रतियोगिताको दोश्रो सस्करणको उद्घघाटन गर्नुभएको हो । प्रतियोगिताको उद्घाटन गर्दै लुम्विनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले व्यक्तिगत स्वास्थ्यसँगै युवाहरुको भावनात्मक एकता विकासका लागि खेलकुद प्रतियोगिताको गर्नुपर्नेमा जोड दिनुभयो ।

खेलकुदले युवाहरुलाई रचनात्मक विकासका लागि सहयोग पु¥याउने बताउँदै उहाँले देशको गणनाका रुपमा रहेको खेलकुदले व्यक्तिगत स्वास्थ्यका समेत समेत उत्तिकै सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा घोराही उपमहानगरपालिका उपप्रमुख सीता न्यौपाने सिक्देलले घोराही उपमहानगरपालिका युवायुवतीहरुलाई खेल क्षेत्रमा आर्कषण गर्नका लागि हरेक वर्ष प्रतियोगिताको आयोजना गर्ने गरेको बताउनुभयो ।

उहाँले उपमहानगरपािलकाले प्रत्येक बर्ष पुरुषका लागि फुटवल र महिलाहरुका लागि भलिवल प्रतियोगिता गर्ने गरेको बताउनुभयो ।
घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. ५ का अध्यक्ष बिष्णुमणि दाहाल, नेपाल पत्रकार महासघ दाङ शाखा अध्यक्ष सविन प्रियासन, पद्मोदय पब्लिक नमूना माध्यामिक बिद्यालय भरतपुरका प्रअ रामप्रसाद जैसीलगायतले व्यक्तिगत स्वास्थ्यसँगै अनुशासित समाचज बनाउनका लागि खेलक्षेत्रको विकास हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।

घोराही उपमहानगरपालिका प्रवक्ता एवं घोराही उपमहानगरपालिका–१८ का अध्यक्ष भरतमणि अर्यालको स्वागत मन्तव्यबाट सुरुभएको प्रतियोगिता उद्घाटठन कार्यक्रमको सहजीकरण बिपना बर्तौलाले गर्नुभएको थियो ।

उद्घाटन खेलमा घोराही १८ विजयी
दाङको घोराहीमा आजदेखि सुरु भएको मेयर कप फुटबल प्रतियोगिताको पहिलो उद्घाटन खेलमा घोराही १८ विजयी सुरुवात गरेको छ । उपमहानगरपालिकाले आजबाट सुरु गरेको यसबर्षको चौथो मेयरकप रनिङ शिल्ड फुटवल प्रतियोगिताको आज भएको पहिलो खेलमा घोराही १६ लाई ५ गोलले पछि पार्दै विजयी शुरुवात गरेको हो

घोराही उपमहानगरपालिका १८ नवलपुर खेल मैदानमा भएको प्रतियोगितामा घोराही १८ ले ६ गोल र १६ ले १ गोल गरेका थिए । अव अर्को खोल सोमवार दिउसो १२ बजे घोराही १७ र १० विच हुने भएको छ । यस्तै सोमवार नै दिउसो ३ बजे घोराही १ र ८ बिच प्रतिस्पर्धा हुने जनाईएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *