तुलसीपुर ४ का ८ वटा टोल खरको छानो मुक्त

गणतन्त्र समाचारदाता
तुलसीपुर, ५ माघ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ का ८ वटा टोललाई खरको छानो मुक्त गरिएको छ ।मेयर सुरक्षित आवास कार्यक्रम अन्र्तगत तुलसीपुर ४ का ८ वटा टोलका ७२ घरधुरीलाई जस्तापाता वितरण गरिएको वडा अध्यक्ष बालकृष्ण रानाले जानकारी दिएका छन् ।
उनका अनुसार पिपलतचौतारा टोल खारखोला, खाद्रेडाँडा टोल, स्वामीबोट टोल, मुल्कोट टोल , न्याउली टोल, कल्लेखोला टोल, माले डाडा टोल र थापाटोल खरको छानो मुक्त भईसकेका छन् । वडामा ४६ टोल विकास संस्था रहेका छन् । अब ती टोलका बाँकी रहेका २१२ घरधुरीलाई जस्तापाता वितरण गर्ने योजना अनुसार आफुहरु काम गरीरहेको वडा अध्यक्ष रानाले बताएका छन् । पहिलो र दोस्रो चरणमा गरी ७० घरधुरीका लागी आएको जस्तापाता ७२ घरधुरीलाई वितरण गरिएको हो । वडा कार्यालयमा जस्तापाताका लागी तिन सय भन्दा बढिले निवेदन दिएका थिए ।
ती मध्ये पहिलो र दोस्रो चरणमा अति विपन्न परिवारलाई प्राथमिकता दिईएको थियो । वडामा अब बाँकी रहेका दुई सय बाह्र घरधुरीलाई एकै साथ वितरण गर्ने गरी तयारी थालिएको छ ।वडालाई खरको छानो मुक्त गर्ने अभियान अन्र्तगत ढिलोचाडो सवैलाई जस्तापाता वितरण गरिने वडा अध्यक्ष रानाले बताएका छन् । यसमा ढिलो भयो भन्दै नआत्तिन वडाबासीलाई उनले आग्रह गदै जसरी भएपनि आफुहरुको कार्यकाल भित्र सवैलाई जस्तापाता वितरण गरिने विश्वास दिएका छन् ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *