किवानीस क्लवले बबईघाटमा सरसफाई गर्ने

यमकला भुसाल

तुलसीपुर,माघ ८ ।दाङमा भर्खरै गठन भएको किवानिस क्लब अफ राप्तीले बिहिवार तुलसीपुरमा पत्रकारहरुसगं परिचयात्मक कार्यक्रम गरेको छ । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष भुपाल रावतले क्लबले गर्ने उद्देश्य र आगमी कार्ययोजनाका बारेमा जानकारी गराउनुभएको थियो । सन् १९१५ मा अमेरिकामा स्थापना भएको उक्त सस्था नेपालमा सन् २०१५ मा स्थापना भएको थियो । हाल यो क्लव नेपाल सहित ८२ वटा राष्ट्रमा स्थापित रहेको रावतले जानकारी दिनुभयो । उहाँका अनुसार दाङमा पनि यो क्लब २०७७ मंसिर ११ गते गठन भएको थियो ।

यस संस्थाले विषेश गरेर महिला,गरिबी वर्गहरूको उत्थानका लागि निस्वार्थ भावले सहयोग कार्यहरू गर्ने छ । यसैबिच यस क्लबले पहिलो कार्यक्रम माघ ९ गते (भोली) शुक्रवार शितलपुरमा रहेको बबई घाटमा सरसफाइ गर्ने भएको छ । क्लवले मानविय सेवा भावका साथ शबबहान खरिददेखि सार्वजनिक स्थानमा शौचालय बनाउने,तुलसीपुर बजारमा पैदल हिड्ने बटुवाहरुलाई फिल्टर गरिएको पानी निशुल्क खुवाउने लगाएतका कार्यकम गर्ने योजना रहेको जनाएको छ ।

क्लबका अध्यक्ष बिमल पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासघं दाङका सह–सचिव सर्मिला डिसी,प्रदेश टुडे दैनिकका सम्पादक गोपाल शर्मा भट्राई,रेडियो हाम्रो पहुँचका सम्पादक जितसागर जिएम लगाएतले दाङका रहेका अन्य क्लबहरु भन्दा उदाहरणीय काम गरेर देखाउनुपर्नेमा जोड दिएको थियो । कार्यक्रमको सहजीकरण रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीले गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *