बालापुर खुला भलिबल प्रतियोगिता हुने

तुलसीपुर,माघ ८ ।पश्चिम दाङको बालापुरमा जिल्लाकै सर्वाधिक ठूलो पुरस्कार राशीको खुला भलिबल प्रतियोगिता २०७७ हुने भएको छ । सक्सेस फुटबल क्लब तुलसीपुर दाङको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका वडा न २ र दंगीशरण गाउँपालिका वडा न.५ को संयुक्त आयोजनामा संचालन गरिने लागेको प्रतियोगिता यही माघ २२ गतेदेखि सुरु हुुनेछ ।

स्थानीय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पु¥याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा झण्डै १८ बढी टिमको सहभागिता रहने प्रतियोगिता संचालन मुल समितीका संयोजक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण ठप्प बनेको स्थानीय स्तरको खेल गतिबिधीलाई चलाएमान बनाउन सुरक्षा सम्बन्धीत सम्पुर्ण मापदण्ड अपनाउदै तुलसीपुर २ मा अवस्थित मा.बि. बालापुर खेल मैदानमा प्रतियोगिता संचालन गरिने छ । प्रतियोगिताको बिजेता,उप–बिजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ७५,५० र ३० हजार तथा कप,मेडल तथा प्रमाणपत्र हात पार्ने आयोजक क्लबका अध्यक्ष शुरज वलीले जानकारी दिनुभयो । यसैविच प्रतियोगिताको तयारीलाई तिब्र पारेको पारिएको आयोजकले जनाएको छ । उसले टिम दर्ता,प्रचारप्रसार, आर्थिक ब्यबस्थापन, खेल मैदान निर्माण लगाएतका पक्षमा तिब्रता दिएको बताएको छ ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *