कोरोनाका कारण बन्द भएको कोइलाबास नाका अझै खुलेन

 

दाङ, ८ माघ। सरकारले गएको वर्षको चैत महिना देखि बन्द गरेको कोइलाबास नाका हाल सम्म खुल्न सकेको छैन् । कोरोना सङक्रमण फैलन नदिनका लागि सरकारले गरेको लकडाउन संगै वन्द भएको नाका हाल सम्म पनि खुल्न नसकेको हो । सरकारले सबै क्षेत्र खुल्ला गरि सके पनि जिल्लाको भारत संग जोडिएको नाका भने खुल्न सकेको छैन् ।

नाका वन्द हुदा कोइलाबास वासीहरुले धेरै समस्या भोग्नु परेको गढवा गाउपालिकाका वडा नं ८ का अध्यक्ष सद्धाम सिद्धीकीले बताए । नाका बन्द हुदा आवत जावत गर्न समेत पाएका छैनन् । सरकारले सबै नाका संगै कोइलावास नाका पनि वन्द गरेको र हाल सम्म खुल्ला नगरेको अध्यक्ष सिद्धीकी बताउछन् ।भारतले आफनो तर्फ वाट खुल्ला परे पनि नेपाल सरकारले नाका खुल्ला नगरेको उनको भनाइ रहेको छ । सबै कुरामा भारतको भरमा रहेको स्थानिय वासीन्दाहरुलाई धेरै समस्या भएको अध्यक्ष सिद्धीकी बताउछन् । भारत तर्फ जान नपाए पनि स्थानियहरु गढवा बजार तथा लमही बजार जाने गरेको उनले बताए ।

कोइलावास बाट लमही आउनका लागि ३४ किलो मिटर रहेको छ । अहिले खाद्यन्न, कपडा, तेल, नुन, चिनी, सावुन सलाइ लगाएका आवस्क पर्ने सम्पुर्ण सामाग्री ल्याउन लमही बजार सम्म आउनु पर्ने बाध्यता रहेको छ । कोइलाबासका स्थानिय बासीन्दाहरु सम्पुर्ण कुरामा भारतमा भर पर्ने गरेका थिए ।

कोइलाबास देखि लमही आउन भन्दा भारतको बजार गएर समान ल्याउन आफुहरुलाई सहज हुने एक स्थानिय बासीन्दाले बताए । ‘हामीलाई गढवा, लमही पुग्नु भन्दा भारतको बजार गएर सामान ल्याउदा छिटो र सहज हुने गर्दछ’ उनले भने । तर अहिले भारतमा गएर सामान ल्याउन नपाएको उनले बताए ।

स्थानिय बासीन्दाहरुले नाका खुलेमा आफुहरुलाई सहज हुने बताउछन् । सरकारले सबै क्षेत्र खुल्ला गरि सकेपनी कोइलाबास नाका खुल्ला नसकेको उनीहरु बताउछन् ।
जिल्लाका विभिन्न स्थान वाट घुम्न आउनेहरु नाकाको गेट सम्म पुगेर फर्कने गरेका छन् । आफनो जिल्लाको सिमा हुदै भारत सम्म घुम्न आउनेहरु दुइ देशको गेट हेरेर फर्कने गरेको वडा अध्यक्ष सिद्धीकी बताउछन् ।

लमही देखि कोइलावास सम्म वाटो पिच भए पछि पछिल्लो समय कोइलावास आन्तरीक पर्यटनको रोजाइको स्थान समेत बनेको छ । अहिले दैनिक जिल्ला तथा जिल्ला वाहिरका नागरिकहरु कोइलावास सम्म पुग्ने गरेका छन् ।

पहाड हेर्न आउने भारतिय विद्यार्थी आउन पाएनन
भारत बाट पहाड हेर्नको लागि विदार्थीहरु कोइलावास सम्म आउने गर्दथे । तर यस वर्ष भने भारतबाट विद्यार्थीहरु आउन नपाएको वडा अध्यक्ष सिद्धीकीले बताए । यस सिजनमा चलह पहल हुने कोइलावास अहिले सुन सान जस्तै रहेको उनको भनाइ छ ।

केही नेपालीहरु आउने भएकाले केही मात्रामा चहल पहल हुने गरेको उनको भनाइ छ । ‘नाका वन्द हुदा भारतवाट पहाड हेर्न भनेर आउनेहरु आउन सकेका छैनन ’ अध्यक्ष सिद्धीलेले बताए । नेपाल वाट भारत जान पाउने र भारतबाट नेपालमा आउन पाउने भएमा धेरै भारतीय पर्यटकहरु आउने उनले बताए ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *