सिनेमा हल खुलेपनि दर्शकको सहभागिता न्युन

दाङ, ८ माघ
कोरोना भाईरसको कारण विगत ११ महिना देखी बन्द रहेका सिनेमा हल पुनः सञ्चालनमा आउन सुरु गरेका छन् । सरकारले तोकेका सुरक्षाका मापदण्डहरु अपनाएर घोराहीको मनाकाशी सिनेप्लेक्स माघ १ गतेबाट सञ्चालनमा आए पनि दर्शकको सहभागिता निकै न्युन रहेको छ ।

बिहीवार घोराहीमा पत्रकार सम्मेलनको आयोजन गरि करिब १ बर्ष देखी बन्द रहेको सिनेमा हल सञ्चालनमा ल्याइएको मनाकाशी सिनेप्लेक्सका सञ्चालक ओम जैसीले जानकारी दिनुभएको हो । लामो समय देखी हल बन्द हुदा यस संग सम्बन्धित कामदारको ज्याला मात्र नभई हल सञ्चालन गर्ने उपकरणहरु पनि खराब भएर धेरै नोक्सान ब्यहोर्नु परेको जैसीको भनाई छ । नेपाल चलचित्र संघ पश्चिमाञ्चल समितिका अध्यक्ष समेत रहनुभएका जैसीले लामो समय देखि बन्द रहेका सिनेमा हलले करौडौं घाटा व्यहोर्नुपरेको बताउनु भयो । ‘हामीले पटकपटक डिमान्ड चार्ज र चलचित्र विकास शुल्क मिनाहा गर्न सरकारलाई आग्रह गर्दै आएका छौं, तर चलचित्र क्षेत्रलाई कुनै किसिमको राहत उपलब्ध गराइएको छैन्, ’उहाँले भन्नुभयो ।

उहाँले सरकारले तोकेको मापदण्ड अनुसार सबै दर्शकलाई मास्क र सेनेटाईजर अनिवार्य गरिएको बताउनु भयो । यस्तै हलमा बस्दा पनि एउटा सीट छोडेर मात्र दर्शकलाई बसाल्ने ब्यवस्था गरिएको छ । हाल कोरोनाको जोखिम कम रहेकोले र हलले सुरक्षाका प्रयाप्त मापदण्डहरु पालन गरेकोले दर्शकलाई निर्धक्क भएर मनोरन्जन लिन उहाँले अपिल गर्नुभएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै प्रेस यूनियन नेपालकी केन्द्रिय सदस्य सुलोचना गौतमले सिनेमाहल सञ्चालन संगै बिस्तारै चलचित्र जगत र यससंग जोडिएका क्षेत्र चलायमान हुने विश्वास ब्यक्त गर्नुभयो । कोरोनाका कारण पछि परेको चलचित्र क्षेत्रलाई पुरानै अवस्थामा फर्काउनको लागी नयाँ चलचित्र प्रदर्शमा जोड दिन सुझाव दिनु भयो ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *