नियन्त्रण लिएका गाडी व्यवस्थापनमा चुनौति

दाङ, ८ माघ ।
करिब दुई वर्ष अघि घोराहीको ट्राफिक चोक नजिकमा सवारी जाँचको क्रममा प्रहरीले पाँच वर्षसम्म नवीकरण नभएको एउटा टेक्टर फेला पा¥यो । टेक्टर नवीकरण नभएको पाएपछि प्रहरीले सवारीधनीबाट जफत गरी राख्यो ।प्रहरीले टेक्टर धनीलाई लगत कट्टा गरेर टेक्टर लैजान अनुरोध ग¥यो । अहिले उनी भने अनुसार गर्ने गरि फिर्ता भए तर तर पनि सवारी धनी अहिलेसम्म कार्यालयमा आएका छैनन्, टेक्टर पनि सवारी धनीले फिर्ता लगेका छैनन् । सम्बन्धित धनीले सवारी अनिवार्य लैजानुपर्ने भएपनि दुई वर्ष बितिसक्दासमेत सवारी नलगेपछि अहिले टेक्टर जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा थन्किएको छ ।

यस्तै दुई वर्ष अघि नै घोराही–लमही सडकखण्डको चौपटामा ट्राफिक प्रहरीले सवारी जाँचको क्रममा २० वर्ष पुरानो रा १ ज ३२७ नम्बरको जिप फेला प¥यो । २० वर्ष पुराना सवारी चलाउन नपाइने भएपनि सवारी सञ्चालनमा रहेको पाएपछि प्रहरीले सञ्चालनमा रहेको जिप जफत ग¥यो ।ट्राफिक प्रहरीले जफत गरेका सवारीलाई सम्बन्धित सवारी धनी लिन नआउँदा सवारी पुराना हुँदै गएका छन् भने व्यवस्थापनमा पनि समस्या हुने गरेको छ ।
जफत गरिएको जिपको लगत कट्टा गरेर जिप लैजान प्रहरीले पटक–पटक भनेपनि सम्बन्धित धनीले अझैसम्म पनि जिपको लगत कट्टा गरेर लगेका छैनन् । सवारी धनीले जिप नलगेपछि ट्राफिक प्रहरी कार्यालयमा नै जिप रहेको छ ।

दुई वर्षअघि नै ट्राफिक प्रहरीले घोराहीको चौघेरामा २० वर्ष पुरानो रा १ ज ३२ नम्बरको जिप भेटाएपछि जफत ग¥यो । जफत गरिएको जिप सम्बन्धित सवारी धनीले लगत कट्टा गरेर लैजानसक्ने प्रावधान भएपनि अझैसम्म उक्त जिप सवारी धनीले लगेका छैनन् । यि तीन त उदाहरण मात्रै हुन् । दाङमा ट्राफिक प्रहरीले जफत गरेका करिब ५० बढी सवारी साधन सम्बन्धित धनीले नलैजाँदा व्यवस्थापनमा समस्या हुने गरेको छ ।

विभिन्न ठाउँमा सवारी जाँचको क्रममा नियम विपरीत सञ्चालन रहेको सवारीलाई प्रहरीले नियन्त्रणमा लिएका सवारी सम्बन्धित सवारी धनीले लिने गरेका छैनन् । जिल्लाभर प्रहरीले नियम विपरीत सञ्चालनमा रहेका करिब ६० सवारी साधनलाई सम्बन्धित धनी लिन नआएको जिल्ला ट्राफिक कार्यालय दाङका ट्राफिक प्रहरी हवलदार लोकेन्द्रबहादुर विष्टले जानकारी दिए ।उनका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा मात्रै २० मोटरसाइकल, २ वटा २० वर्षे पुराना जिप, एकवटा टेक्टर सम्बन्धित धनीले लिन आएका छैनन् ।

‘मोटरसाइकल त सबै चोरीका नै हुन्, ति चोरीका भएका कारण सम्बन्धित धनी पत्ता लाग्न सक्छ भनेर राखिरहेका छौँ’ उनले भने– ‘तर लामो समयदेखि मोटरसाइकल थन्किएर रहेका छन् । सम्बन्धित धनीले लिने गरेका छैनन्, कतिपय त काम नलाग्ने अवस्थामा पुगिसकेका छन् ।’

जिल्लामा जफत गरिएका मोटरसाइलक जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही, ईलाका प्रहरी कार्यालय तुलसीपुर र ईलाका प्रहरी कार्यालय लमहीमा रहेका छन् । जफत गरिएका मोटरसाइकल लिन अहिलेसम्म गाडी धनीहरू आएका छैनन् ।

‘तुलसीपुर र लमहीमा करिब दश÷दशवटा मोटरसाइकल सम्बन्धित धनीले लिन आएका छैनन्’ उनले भने– ‘चोर्ने व्यक्ति फरार हुन्छन्, सम्बन्धित धनी लिन आउने गरेका छैनन् ।’

ट्राफिक प्रहरीले जफत गरेका सवारीलाई सम्बन्धित सवारी धनी लिन नआउँदा सवारी पुराना हुँदै गएका छन् भने व्यवस्थापनमा पनि समस्या हुने गरेको छ ।

‘कतिपय पुरानो अवस्थामा पुगिसकेका छन् तर सवारी धनी सवारी लिन आउने गरेका छैनन्’ जिल्ला ट्राफिक कार्यालय दाङका सूचना अधिकारी उत्तम जिसीले भने–‘सम्बन्धित सवारी धनीलाई नै घाटा हुन्छ, तर खै किन सवारी धनीले नियन्त्रणमा लिएका सवारीलाई फिर्ता लिन सकेका छैनन्’ सवारी धनीले पुराना र काम नलाग्ने सवारी नलिने गरेको देखिएको छ ।

लामो समय नवीकरण नगरिएका, २० वर्ष पुराना र चोरीका सवारी अहिले ट्राफिक प्रहरी कार्यालयमा थन्किएका छन् । लामो समय नवीकरण नगरिएको अवस्थामा सवारी फेला पर्ने गरेपनि सम्बन्धित निकायले चासो दिने गरेको छैन् ।

यातायात व्यवस्था कार्यालय राप्तीमा अहिले कति सवारी नवीकरण नगरिएको, कहिलेदेखि नवीकरण नगरिएको भन्ने एकिन तथ्यांक छैन् । ‘हामीसँग नवीकरण नभएको एकिन विवरण छैन्’ कार्यालय प्रमुख रविन्द्र केसीले भने– ‘सवारीको नवीकरण लामो समयसम्म नभएपनि सम्बन्धित धनीले छुट्कारा पाउँदैन्, अन्तिममा जसरी पनि नवीकरण गर्नैपर्छ ।’

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *