र्घाखाँचीका सुरेश भुसाल माघ २ गतेदेखि सम्पर्कविहिन,खोजी गरिदिन परिवारको आग्रह

दाङ, ११ माघ । अर्घाखाची घर भई हाल चितवनको भरतपुरमा बस्दै २२ वर्षीय सुरेश भुसाल माघ २ गतेदेखि सम्पर्क विहिन भएका छन् ।
भरतपुर १० सृजना टोलमा डेरा गरि बस्दै आएका अर्घाखाँचीको मालारानी गाउँपालिका ९ गोखुंगाका भुसाल माघ २ गते देखि सम्पर्कविहिन भएका हुन । अन्तिम पटक माघ २ गते साझँ सुरेशले फोनमा बुबासगं कुरा गरेका थिए । ३ गते घर आउछु भन्दै फोन राखेका भुसाल आजसम्म घर फर्किएका छैनन् ।
बुबा नोमबहादुर भुसालका अनुसार ३ गते बिहान फोन गर्दा सम्पर्क हुन नसकेको पछि खोजी कार्य सुरु गरिएको हो । उनको फोन टे«सिङ् गर्दा पछिल्लो समय सम्पर्क विहिन भएकै दिन साझँ ८ ः ३० बजे गैडाकोट लोकेसन देखाएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ । प्रहरीका अनुसार त्यसपछि उनको लोकेसन देखाएको छैन ।
सम्पर्क विहिन छोराको खोजी गरिदिन बुबा नोमबहादुर भुसालले जिल्ला प्रहरी कार्यालय चितवनमा निवेदन दिएका छन । गोरो वर्ण भएका सुरेश ५ फिट ३ इन्च अग्लो छन । उनी सम्पर्कविहिन हुनु अघि कस्तो पहिरन लगाएका थिए भन्ने भने खुल्न सकेको छैन । उनलाई भेट्नुहुने व्यक्तीले नजिकैको प्रहरी चौकी अथवा मोवाइल नम्मर ९८६८९९८३७३ र ९८४९८०५७७९ मा सम्पर्क गर्न सक्नुहुने छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *