तुलसीपुर–सितलपुर सडक खण्ड जिर्ण बन्दै खाल्डाखुल्टीका कारण दुर्घटनाको जोखिम

तुलसीपुर, ११ माघ । राप्ती राजमार्ग अन्र्तगत तुलसीपुर अमिलिया सडक खण्डमा पर्ने तुलसीपुर सितलपुर सडक दिनप्रतिदिन जिर्ण बन्दै गएको छ । सडकको कालो पत्रे उम्किनुको साथै जथाभावी खाल्डाखुल्टी हुदा सवारी दुर्घटनाको जोखिम समेत बढेको छ ।
तुलसीपुर सितलपुर चोक देखी सितलपुर सम्म सडकमा दर्जनौ खाल्डाखुल्टी परेका छन् । लामो समय देखी परेका खाल्डाखुल्टीका कारण सवारी दुर्घटनाको जोखिम बढेको छ भने पैदलयात्रीहरुलाई समेत आवतजावत गर्न समस्या हुने गरेको स्थानिय हरि प्रसाद ओलीले बताएका छन् ।
सडक जिर्ण भएको लामो समय हुदा पनि सम्बन्धित निकायले ध्यान नदिएको उनी जस्तै अन्य नागरिकहरुको गुनासो छ । उक्त सडक खण्ड अन्र्तगत साना तथा ठुला गरी दैनिक सयौ सवारी साधनहरु ओहोरदोहोर गर्दछन् । सडकमा परेका खाल्डाखुल्टीका कारण अहिले बढि समय खर्चनु परेको सवारी चालकहरुको भनाई छ । यता सडक मर्मत सम्भारको जिम्मा लिएको कम्पनीले चिसो मौसमका कारण अहिले केहि समयका लागी काम रोकिएको बताएको छ ।
ओसिस कन्ट्रक्सनका प्रकास महतराले चिसोका कारण अहिले काम रोकिएको बताएका छन् । उनले तुलसीपुर अमिलिया सडक खण्ड अन्र्तगत भन्ज्याङ देखी तुलसीपुर सम्म सडक मर्मत तथा सम्भार गर्ने आफनो जिम्मा भएकाले अबको एक÷डेढ हप्तामै काम सुरु गरिने बताएका छन् । चिसो मौसममा सडक कालोपत्रे गर्दा गुणस्तरिय नहुने भएकाले हाल काम रोकिएको उनको भनाई छ ।
विगतको समयमा कोभिड १९ का कारण काम गर्न पाईएन उनले भने त्यसपछि फेरी अलकत्राको अभाव भयो । मंसीर देखी भन्ज्याङबाट काम गर्न सुरु गरेको तर काम गदै जादा फेरी चिसो मौसम सुरु भएपछि सडक बिभागको सल्लाह अनुसार आफुले काम रोकेको उनको भनाई छ ।अहिले पनि बखरियामा सडक निर्माण सामग्री देखी रोलर, मिक्चर लगाएतका मेसनरी सामान तयारी अवस्थामा रहेको उनले जानकारी दिएका छन् । त्यस क्षेत्रमा सडक मर्मत तथा खाल्डाखुल्टी पुरेको , कटिङ, र ग्याभिल लगाउने लगाएतका काम गरेको र अब चिसो मौसम सकिने बित्तिकै फेरी तत्काल काम सुचारु गरिने उनले बताएका छन् ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *