मितेरी हस्पिटलमा घाँटिमा हड्डी अट्केको सफल उपचार

दाङ, १२ माघ । घोराहीको मितेरी हस्पिटलमा घाँटिमा हड्डी अट्केको सफल उपचार गरिएको छ । दंगीशरण गाउँपालिका वडा नंम्वर २ की ४५ तिला पुनको खानाखाने क्रममा शुक्रबार साझ ७ बजे घाटीमा कुखुराको हड्डी अट्कियो । तिला पुनलाई निकै असहज भएपछि उहाँलाई हतार हतार उपचारका लागी तुलसीपुर पुराईयो ।

तुलसीपुरमा उपचार सम्भाव नभएपछि उहाँलाई घोराहीको मितेरी हस्पिटलमा ल्याईयो । उहाँको उपचार पनि मितेरी हस्पिटलमै सम्भव भयो ।
नाक, कान, घाटि र थाईराईट विशेषज्ञ डा. अशिष खड्कीले उहाँको उपचार सफलता पूर्वक गर्नुभयो । यस्तो जटिल प्रकारको उपचार सहज तरिकाले दाङमै पहिलो पटक सफल पारिएको उहाँले बताउनु भयो । विरामीलाई विहोस् बनाई ईन्डोसकोप हालेर दुर्बिन विधीबाट सहजता पूर्वक अप्रेशन गरिएको डा. खड्कीले बताउनु भयो ।

पुरै मासुमा गडेर बसेको हड्डिलाई पनि सहज तरिकाले निकालिएपछि तिला पुन र उहाँको घर परिवारले नयाँ जिवन पाएको महशुस गर्दै खुशी भएका छन् ।
यस्तो अवस्था घरेलु उपायहरु केरा, चिउरा खाने तथा बल गरेर निकाल्न खोज्ने हो भने उपचारमा समस्या हुने उहाँले बताउनु भयो । तिला पुनको घाउँ पनि घाँटिमा कँडा बिजेको जस्तै भएको भन्दै केही ईन्फेक्सन नहोस् भनेर हस्पिटलमै केही दिन भर्ना गरेर एन्टिबायोटिक औषधी चलाईएको डा. खड्कीले जानकारी दिनुभयो । निकै गम्भिर अवस्थामा पुग्नु भएकी तिला पुनले दाङमै २५ हजारमा दुर्विन विधीबाट अड्केको हड्डी निकाल्न पाएपछि खुशी हुनुभएको छ ।

मितेरी हस्पितलले यो भन्दा पहिले पनि विभिन्न खालका जटिल उपचारहरु सफल तरिकाले सम्पन्न गरि सकेको डा. अशिष खड्कीले बताउनु भयो । केही समय पहिले मात्रै पनि हामीले तुलसीपुरका एक जना पुरै नाक च्यातिएर आउनु भएको थियो उहाँको उपचार गरेका हौँ । उहाँको त्यो नाक सिलाएर पनि अहिले टाँका खोली सकिएको छ ।

यस्तै अर्काे नाकको डाँडी भचिएका, नाकमा मासु पलाएकाहरुको अप्रेशन पनि सपलता पुर्वक आफुले गरेको डा. अशिष खड्कीले बताउनु भयो । साथै उहाँले आफुले मितेरी हस्पिटलमा थाईराईट, कानमा जाली फुटेको, टन्सिलको र मुखमा आएका सानो सानो डल्लाहरुको पनि आफुले सहज तरिकाले अप्रेशन गर्ने उहाँले बताउनु भयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *