किवानिस क्लवले ग¥यो बसपार्कमा शौचालयको अनुगमन

तुलसीपुर, १२ माघ । किवानिस क्लव अफ राप्तीले एक पछि अर्को सामाजिक कार्यमा तिब्रता दिन थालेको छ ।
स्थापनाको छोटोे समयमा सामाजिक कार्य सुरु गरेको उक्त संस्थाले आइतवार तुलसीपुर उपमहानगरपालिकाको नयाँ वसपार्कमा रहेको शौचालय अनुगमन गरेको छ । क्लबका अध्यक्ष विमल कुमार पोख्रेल(जेठु) को नेतृत्वमा गएको उक्त टोलीले बसपार्कमा रहेका सार्वजनिक शौचालयको अनुगमन गरेको हो । सामाजिक कार्यका लागि स्थापना भएको यो संस्थाले मानव स्वास्थ्यका लागि वढि असर गर्ने नै फोहर शौचालय हुने भएकोले यो सरसफाई सहित व्यवस्थित वनाउने योजना रहेको क्लवका अध्यक्ष पोख्रेलले बताउनुभयो ।
अनुगमनमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विरेन्द्र शाह, वडासदस्य अजय वुढाथोकी संस्थाका महानिर्देशक दामोदर भण्डारी, वशिंकुमार शर्मा, जागेश्वर वली लगाएतको उपस्थित रहेको थियो । केही दिन अघि सितलपुरको ववई घाटमा सरसफाई गरेको यो सस्थाले बसपार्कको शौचालयको जनगुनासो सुनेपछि उक्त स्थानको अनुगमन गरेको जनाएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *