स्वास्थ्य इकाईमा ताला लगाइ स्वास्थ्यकर्मी वेपत्ता

शिवु खनाल
देउखुरी, १३ माघ । दाङको राजपुर गाउँपालिका वडा नम्बर १ पटौलीनाकामा रहेको सामुदायिक स्वास्थ्य इकाई पुस २७ गतेदेखि बन्द भएको छ । सामुदायिक स्वास्थ्य इकाईमा कार्यरत एकजना अ.हे.ब, एकजना अ.न.मी. र एकजना कार्यालय सहयोगी पुस २७ गतेदेखि ब्यपत्ता भएपछि स्वास्थ्य चौकी बन्द भएको हो स्थानीय हेमराज गिरिले जानकारी दिनुभयो ।

स्वास्थ्य इकाई बन्द हुदाँ नाकाबासीहरूले सामान्य उपचार लिनेको लागि जंगलको बाटो प्रयोग गरि भारत जानुपर्ने बाध्यता रहेको स्थानीय गिरिले भन्नुभयो । अहिले सम्मा स्वास्थ्य चौकीमा ताला लगाइएको छ । उहाँले भन्नुभयो,–। ‘गत पुस २७ गतेदेखि गाउँपालिकाले स्थापना गरेको सामुदायिक स्वास्थ्य इकाई बन्द भएको छ ।

जसले गर्दा यहाँका स्थानीयको जनजिवन प्रभावित भएको हो । स्वास्थ्य जस्तो चिजमा गाउँपालिका संबेदनसिल बन्न नसक्दा अहिले सामान्य भन्दा सामान्य उपचार गराउन भारत जानुपर्ने बाध्यता रहेको छ ।

’ सामुदायिक स्वास्थ्य इकाईमा कार्यरत तिनजना कर्मचारी कहाँ जानू भएको छ, केही थाहा छैन । कसैलाई नसोधि एकाएक स्वास्थ्य चौकी बन्द गरेर तिनैजना ब्यपत्ता हुनुभएको हो ।

पन्ध्रदिन बितिसक्दा समेत सामुदायिक स्वास्थ्य इकाई खुलेको छैन ।’
यता राजपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कमल रोकायलाई यस विषयमा कुनैपनि जानकारी नभएको बताउनुभयो । ‘पुस महिनामा अ.हे.ब. र अ.न.मि. बाहिर दुईदिन तालिमा जानु भएको थियो । तालिम सकेर पुनः फर्किनुपर्ने हो, स्वास्थ्य प्रमुख रोकायले भन्नुभयो ।’

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *