विपन्न घरपरिवारको लागि न्यानो कपडा तथा खाद्यान्न

केएल पीडित
दाङ, १३माघ । मेची महाकाली युवा अभियान तथा एक व्यक्ती एक रुपैयाँ अभियानद्वारा कैलाली जिल्लामा रहेका अति विपन्न घरपरिवारको लागि “न्यानो कपडा तथा खाद्यान्न वितरण गरेको छ ।
स्वास्थ्यकर्मी एवं अभियन्ता ममता मानवसेवाका अनुसार धनगढी उ.प.मा.न.–१७ को धुर्जना शिबिर अन्तर्गत ७५ घरधुरीका अति विपन्न परिवार, अपाङ्ग, एकल महिलाहरुलाई खाद्यान्न र न्यानो कपडा बितरण गरिएको हो ।
त्यसैगरी अभियानले न्यानो कपडा गौरीगंगा नगरपालिका वडा नम्बर– ३, वडा नम्बर–६ का सुकुम्बासी बस्तीमा पनि न्यानो कपडा वितरण गरेको थियो । अभियानको केन्द्रीय संयोजक भीमराज पुरुष, अभियन्ताहरु ममता मानवसेवा, दीपक बोगटी र लक्ष्मी कुवँर बोगटीको टिमले कैलाली अत्तरियामा रहेका महिला तथा बालबालिका सेभ हाउस र सहारा घरमा रहेका बेसहारा एवं पीडितहरुलाई भोजन सेवा तथा फलफुल प्रदान गरेको थियो । यश अभियानमा मानवी क्रियटिभ एशोसियसन काठमाडौं, लाइन्स क्लब अफ काठमाडौं, ओपेरासिटी र ॐ वृद्धाश्रम भक्तपुरले सहयोग गरेको थियो । “जहाँ–जहाँ बेसहारा पीडित, त्यहाँ–त्यहाँ मेची महाकाली युवा अभियान तथा एक व्यक्ती एक रुपैयाँ अभियान“ र “वर्षौंदेखि मुस्कुराउन बिर्सिएका ती ओठहरुमा पुनः हाँसो ल्याउने हाम्रो प्रयास !“ भन्ने नारासहित २०७२ सालमा यो अभियान शुरु भएको थियो । स्थापनाकालदेखि यस संस्थाले तमाम गरिब–दुखी, बेसहारा, पीडित, अनाथ अपांग र असहायहरुको सहयोग, उद्धार एवं सेवा गर्दै आएको छ ।
पीडितहरुको अवस्थालाई मध्य नजर गर्दै मेची महाकाली युवा अभियान तथा एक व्यक्ती एक रुपैयाँ अभियानले आवश्यकता अनुसार खाद्यान्न, कपडा, स्टेशनरीको सामान, स्वास्थ्य सामग्रीहरु प्रदान गर्दै आएको छ । अभियानले असहाय एवं पीडितहरुको लागि गाँस, बाँस, कपासको उचित व्यवस्थापन गर्नुको साथै शैक्षिक, सीपमूलक तालिम एवं तथा जनचेतनामूलक कार्यक्रमहरु पनि संचालन गर्दै आइरहेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *