घोराहीको ४३ औं स्थापना दिवश गाउँ तहबाटै आवश्यकतामा आधारित योजनाहरुलाई अगाडी बढाउने ः डाँगी

दाङ, १६ माघ । घोराही उपमहानगरपालिकाको ४३ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
स्थापना दिवसको अवसरमा उपमहानगरपालिकाले विभिन्न व्यक्तित्व, संघ संस्थाहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य अम्मरबहादुर डाँगीले कुनै एक क्षेत्रको प्रयासले मात्र समृद्धि हुन नसक्ने भन्दै सबैको सामुहिक समन्वयको आवश्यकता भएको बताउनुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका प्रदेश सभाषद् डाँगीले थप विकासका लागि दिर्घकालिन योजना तथा पुर्णताका लागि थप मेहनत गर्नुपर्ने बताउनुभयो । क्षेत्रफलका हिसावले देशकै ठूलो नगरपालिका घोराही नगरलाई उदाहरणिय बनाउनका लागि यहाँका जनप्रतिनिधि, कर्मचारी तथा नागरिकहरु एकतावद्ध भएर काम गर्न आवश्यक भएको उहाँको भनाई थियो । नगरको काममा आलोचना मात्र नभएर सल्लाह तथा समन्वय गरे समृद्ध नगर बन्न सक्ने बताउनुभयो ।

यस्तै स्थापना दिवशको अवसरमा वृद्धवृद्धालाई सम्मान गरिएको प्रसंगलाई उठाउँदै समाजमा अवहेलना तथा समस्यामा परेकाहरुका लागि नगरपालिकाले काम गर्नुपर्ने बताउनुभयो । घोराही उपमहानगरपालिकाका १९ वटै वडामा बृद्ध आमा बुवालाई सम्मान र इज्जतका साथ पालेका छोरा बुहारीलाई सम्मान गर्न आवश्यक भएको बताउनुभयो ।

यसले अरुहरुलाई उत्साहित बनाउने भन्दै यसले नयाँ सँस्कृतीको सृजना गर्ने बताउनुभयो । राम्रा कुराको मैत्रीपूर्ण प्रतिस्पर्धा गराउदा परिवर्तनशिल संस्कृतिको सृजना हुने धारणा राख्नुभयो । ‘समाजमा नयाँ सँस्कृतिको आवश्यक छ,’उहाँले भन्नुभयो ।
घोराही उपमहानगरपालिकाले आज आफ्नो ४३ औँ स्थापना दिवस मनाएको छ ।

नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षता तथा लुम्बनी प्रदेश सभा सदस्य अमरबहादुर डाँगीको प्रमुख आतिथ्यतामा एक कार्यक्रम स्थापना दिवस मनाईएको हो ।

लुम्बनी प्रदेश सभा सदस्य डाँगीले नगरको चौतर्फी विकासमा स्थानिय सरकारले गाउँतहबाटै आवश्यकतामा आधारित योजनाहरुलाई अगाडी बढाउने बताउनु भएको छ ।

घोराही उपमहानगरको ४३ औँ स्थापना दिवसलाई घोराहीमा सम्बोधन गर्दै प्रमुख अतिथी रहनुभएका डाँगीले समृद्ध नगर बनाउनलाई पालिकासँगै सहकार्य गरेर कामलाई अगाडी बढाईयो भने जनताको गुनासो नआउने र विकास पनि सहि ढंगले अघि बढ्ने बताउनु भयो ।सरकारको मात्रै भर पर्नु भन्दा पनि नागरिक स्तरबाटै जागरुक भए विकासले गति लिने उहाँले बताउनुभएको हो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले कला संस्कृतीको धनी रहेको घोराही उपमहानगरलाई संबृद्ध नगर बनाउन सबैको भूमिका महत्वपूणर् रहेको बताएका थिए ।
घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा स्थापना दिवश कार्यक्रम भएको थियो । उपप्रमुख सिता सिग्देल न्यौपानेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, नगरका पुर्व कार्यकारी अधिकृत हरी प्रसाद पाण्डे, दाङ चेम्बर अफ कमर्सका अध्यक्ष श्रीधर महरा, दाङ देउखुरी होटेल व्यावसायि समितिका अध्यक्ष रुद्र बहादुर डाँगी, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, घोराही खानेपानीका उपाध्यक्ष भरत पाण्डे, उद्योग वाणिज्य संघका अध्यक्ष टंक सिंह बुढाथोकी लगाएतकाले सुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन सिनियर इन्जीनियर युवराज पौडेलले गर्नुभएको थियो ।
त्यसैगरी, उपमेयर कप भलिवल खेलमा विजेता तथा उपविजेताहरुलाई पनि पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । नगरका उपप्रमुख सितासिग्देल न्यौपानेको स्वागत मन्तव्यबाट कार्यक्रमको सुरुवात भएको थियो ।

गणतन्त्र दैनिकका सह–सम्पादक सहित तीनजना पत्रकार सम्मानित
घोराही उपमहानगरपालिकाको ४३ औँ स्थापना दिवसको अवसरमा तीन जना पत्रकारलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
पुरस्कृत हुनेहरुमा गणतन्त्र पत्रिकाका सह–सम्पादक तथा राजमार्ग अनलाइनका प्रधान सम्पादक दिपक जिएम, राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत पत्रकार रन्जिता शर्मा, नेपाल टेलिभिजनमा कार्यरत जनक नेपालीलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।

पत्रकारिताको क्षेत्र वाट नगरको विकासमा योगदान पु¥याएको भन्दै पुरस्कृत गरिएको हो । यस्तै स्थापना दिवशको अवसरमा जेष्ठ नागरिक, उत्कृष्ट टोल विकास संस्था, लगाएतका अन्य थुप्रै विधामा सम्मान तथा पुरस्कृत गरिएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *