दाङमा सवारी दुर्घटनामा ४१ जनाको मृत्यु

 

दाङ, १८ माघ

दाङमा सवारी दुर्घटना न्युनिकरणमा चुनौति देखिएको छ । बितेको ६ महिनामा सवारी दुर्घटनामा ४१ जनाको मृत्यु भएको छ । चालुवर्षको साउनदेखि पुस अन्तिसम्ममा जिल्लाभर १६५ सवारी दुर्घटनामा ४१ जनाको मृत्यु भएको हो ।

 

चालुवर्षको साउन र कार्तिक महिनामा सवारी दुर्घटनामा १०÷१० जनाको मृत्यु भएको छ । त्यसैगरी भदौ र असोजमा ३÷३ जना,मंसिरमा ९ र पुसमा ६ जनाको सवारी दुर्घटनामा निधन भएको छ । सोहि अवधिमा भएको सवारी दुर्घटनामा १८७ जनाका घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

 

साउनमा ४५, भदौमा ३८, असोजमा २१ , कार्तिकमा ३३, मंसिरमा २८ र पुसमा २३ जना सवारी दुर्घटनामा घाइेत भएको ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । बितेको ६ महिनामा जिल्लामा सबैभन्दा बढी मोटरसाइल दुर्घटनामा परेका छन् ।

 

साउनदेखि पुस मसान्तसम्म दाङमा ९८ मोटरसाइकल दुर्घटनामा परेको प्रहरीको तथ्यांकमा देखिएको छ । त्यसगैरी जिपकार १९, ट्रक र ट्याक्टर ११, टेम्पो १३, साइकल तथा रेक्सा ८, ट्याक्सी र टिप्पर ३÷३ वटा दुर्घटनामा परेका छन् ।

 

दुर्घटना न्युनिकरणका लागि विभिन्न प्रयास भएपनि विभिन्न कारण सवारी दुर्घटना भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख थम्मन जिसीले बताउनुभयो । दुर्घटनाको प्रमुख कारण मापसे, सवारी चलाउँदा मोबाईलमा कुराकानी गर्ने, क्षमताभन्दा बढी यात्रु बोक्नु, साँघुरो सडक लगायतका रहेको प्रमुख जिसीले जानकारी दिनुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *