नेसंविमा विकृति ः अधिकांश पद रिक्त

बेलझुण्डी, १८ माघ

नेपाल संस्कृत विश्वविद्यालय केहि व्यक्तिका स्वार्थका कारण पछिल्लो समय समस्यामा झेलिदै गएको छ । उपकुलपति, रजिष्ट्रार , रेक्टर लगायतका व्यक्तिको मनोमानीका कारण विश्वविद्यालय धरापमा पर्दै गएको छ ।

 

नेपाल संस्कृत विश्वविद्यालय अन्तगर्तका क्याम्पस र विभिन्न महत्वपूर्ण पदमा आ–आफ्नो निकटका व्यक्ति राख्ने चलखेलका कारण लामोसमयदेखि पदपुर्ति हुन सकेको छैन् । विश्व विद्यालयमा केहि सिमित पदाधिकारीको लापरबाहीले अधिकांश पद लामो समयदेखि रिक्त रहेका छन् । उपकुलपति, रजिष्ट्रार लगायतका व्यक्तिको व्यक्तिगत स्वार्थका कारण विश्वविद्यालय नै धराशयी स्थितिमा पुगेको छ ।

 

अहिले नेपाल संस्कृत विश्व विद्यालय अन्तर्गतका १४ वटा क्याम्पसका प्राचार्य र सहायक प्रचार्य पद रिक्त रहेको छ । लामो समयसम्म ति पद रिक्त हुँदा विश्वविद्यालयको पठन–पाठन नै प्रभावित हुन पुगेको छ । क्याम्पसको बागडोर समाहल्ने प्रमुख व्यक्ति नै नहुँदा विश्वविद्यालय नै धराशयी अवस्थामा पुग्न थालेको स्रोतले जनाएको छ । अहिले विश्वविद्यालयका पदाधिकारी विद्यार्थीको संख्या बढाउने, शैक्षिक गुणस्तर दिने भन्दा पनि सभाहल बनाउने, भवन बनाउनेतिर बढी ध्यान केन्द्रित गरेको स्रोतको भनाई छ ।

 

त्यसैगरी विश्वविद्यालयको प्राज्ञिक परिषद, अनुसन्धान परिषद, विद्यापरिषद, परिक्षा नियन्त्रक, अनुसन्धान केन्द्रका डाइरेक्टर, साँस्कृतिक अध्ययन केन्द्रको डाइरेक्टर, आयुर्वेद अध्ययन संस्थानको डिन, सहायक डिन, केन्द्रिय आयुर्वेद विद्यापिठ बेलझुण्डीको प्राचार्य पदसमेत रिक्त रहेको छ । विश्वविद्यालयका महत्वपूर्ण ठाउँमा पद रिक्त भएपनि पदाधिकारीको रिक्त पदमा नियुक्ति गर्ने ध्यान पुगिरहेको छैन् ।

 

विश्वविद्यालयका रजिष्ट्रार माधव अधिकारीले सभाको निर्णय कुलपति, सहकुलपतिले प्रमाणित गरेपछिमात्रै रिक्त पदको पदपुर्ति गर्न सकिने बताउनुभयो ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *