युवाहरुलाई उद्यमशिल र स्वरोजगार वनाउँदैछौ ः नगरप्रमुख पाण्डे

तुलसीपुर, १९ माघ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले युवाहरुलाई उद्यमशिल र स्वरोजगार वनाउने अभियानमा लागेको वताएका छन् । काम नपाएर भौतारिएका युवाहरुलाई स्वरोजगारमुलक तालिम प्रदान गरेर व्यवसाय सञ्चालनका लागि आर्थिक सहयोग गर्ने समेत उनले वताए ।

‘हामीले तालिम मात्रै दिने होइन, तालिम पश्चात व्यवसाय सञ्चालनका लागि सहयोग समेत गर्नेछौ’ उनले भने ।
मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमको सहयोगमा तुलसीपुर बहुप्राविधिक शिक्षालयले सञ्चालन गरेको मोटरसाईकल रिपेयरिङ्ग र कपाल काट्ने तालिमको उद्घाटन गर्दै नगरप्रमुख पाण्डेले सीपयुक्त युवाले आर्थिक समृद्धीको बाटो खोल्ने वताए ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमका तुलसीपुर उपमहानगरका सदस्य विनोद शर्मा र पुष्पा लामिछानेले अरुको मुख ताक्नुभन्दा आफैले सीप सिकेर काम गर्नु उत्तम भएको वताए ।

कलेज प्रमुख वसन्त आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता वडाध्यक्ष सुर्यवहादुर डाँगीले गरेका थिए भने सञ्चालन प्रशासकीय सहायक तिला ढकालले गरेकी थिइन् । कार्यक्रमको बारेमा सहजकर्ता श्रीधरकुमार राजभण्डारीले जानकारी गराएका थिए । तीन महिनासम्म सञ्चालन हुने तालिममा सहभागीहरुलाई व्यवसाय सञ्चालनका लागि उपकरण सहयोग समेत गरिनेछ ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *