दाङमा स्वास्थ्य बिमा कार्यक्रम सुरु हुदै

तुलसीपुर, १९ माघ । जनप्रतिनिधि तथा सरोकारवालाहरुको लागी स्वास्थ्य सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ । स्वास्थ्य बिमा बोर्ड टेकु काठमाडौँको आयोजनामा उक्त कार्यक्रममा भएको हो ।

तुलसीपुर उपमहानगरापलिका जनस्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानेको अध्यक्षता मा भएको कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगतबहादुर शाहीले स्वास्थ्य बिमाको प्रभावकारीता र यसको निरन्तरताको जोड दिदै देशलाई पुर्ण खोप निवारण बनाउने सरकारको उद्देश्यका साथ जिल्ला स्वास्थ्य कार्यालय दाङ लागी परेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भाष्करराज गौतमले स्वास्थ्य बिमा सुधारउन्मुख अवस्थामा रहेको भन्दै यस कार्यलाई सफल पार्न सबै एक हुनुपर्नेमा जोड दिनुभयो ।

्कार्यक्रममा राष्ट्रिय बिमा बोर्ड लुम्बिनी प्रदेश कार्यालयका संयोजक मनोज पौडेल हमालले बिमाको उद्देश्य र बिषेशताका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले लुम्बिनी प्रदेशमा यो कार्यक्रम दाङबाट सुरु हुन लागेको जानकारी दिनुभयो । उहाँका अनुसार यस कार्यक्रमको यहि माघ ३० गते दाङमा उद्धघाटन हुने छ भने फागुन १ गतेदेखि फाराम भर्न सुरु गरिने छ ।

यो कार्यक्रम नेपालका ६३ वटै जिल्लामा सुरु हुन लागेको उहाँको भनाई छ ।
स्वास्थ्य बिमा गराउँदा एक परिवारले ३५ सय रुपैया शुल्क तिर्नुपर्ने छ ।

यस्तै कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा न.७ का अध्यक्ष टोपबहादुर केसी,स्वास्थ्यकर्मी इश्वरीप्रसाद चालिसे लगाएतकाले दाङमा सुरु हुन लागेको स्वास्थ्य बिमा कार्यक्रमले नागरिकको स्वास्थ्यमा सहज हुने बताउदैँ यस प्रत्येक घरपरिवारका सदस्यहरुलाई बिमा बनाउन आग्रह गर्नुभयो ।

तुलसीपुर उपमहानगरपालिकामा मात्रै ४० हजार बढी घरधुरी रहेकोले सबैको बिमा केही समय भित्र गराइसक्ने उपमहानगरपालिकाको लक्ष्य रहेको छ । कार्यक्रमको सहजीकरण स्वास्थ्य निरिक्षक बिमल केसीले गर्नुभएको थियो ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *