दशमहिना पछि खुल्यो कोइलाबास नाका स्थापना गरिदै हेल्थडेस्क, रिपोर्ट नेगेटिभ आएमात्रै नेपाल प्रवेश

देउखुरी, १९ माघ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई नियन्त्रण तथा रोकथामाको लागी नेपाल सरकारले बन्द गरेको भारतसंग जोडिएको दाङको कोइलाबास नाका खुला गर्ने निर्णयले स्थानिय नाकाबासीहरुले खुसि व्यक्त गरेका छन् ।

चीनको बुहानबाट फैलिन सुरु गरेको उक्त भाइरस नेपाल भित्रीन नदिनको लागी नेपाल सरकारले गत चैत्र एघार गतेदेखि नेपलामा लकडाउनको घोषण गरि नेपाल भारत सिमाक्षेत्र प्रवेशद्धारमा आवतजावतमा रोक लगाएको थियो । करिब दश महिनाको पछि गृह मन्त्रालयले मन्त्रिपरिषद् बैठकले कोइलाबास नाका खुला गर्ने निर्णय गरेको हो ।

लामो समयसम्म नाका बन्द हुँदा जीवन थप कष्टकर बन्दै गएको स्थानिय खालीक सिद्धिकिले बताउनुहुदँै कोइलाबास नाका खुला भएसंगै यहाँको जनजिवन सहज भएको जानकारी दिनुभयो ।
(कोभिड १९) को कारण लगातार आठ महिना लामो समयसम्म बन्द रहेको भारतसँग जोडिएका कोइलाबास नाका तत्काल खुला गरी व्यवस्थित र सहज बनाउन स्थानियहरुले माग गर्दै आइरहेका थिए ।

यता सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबासका प्रमुख माधव ढुङगेलले भारतको बालापुरमा आर्षित हुनु भएको कोइलाबासका स्थानियलाई कोइलाबास नाका बन्दका कारण स्थानियले निकै पिडा खेप्नु परेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,–। ‘दिनमा छ देखि आठ जनाले कोइलाबास नाका कहिले खुल्छ, लौन सर नाका खोलीदिन पहल गरिदिनु प¥यो भनेर दिनहुँ दुखेसो पोख्न आउँनु हुन्थ्यो । नाका खुला भएपछि स्थानियहरुले खुसि व्यक्त गरेका छन् ।’
रिपोर्ट नेगेटिभ आएमात्रै नेपला प्रवेशः प्र.जि.अ
यता दाङ जिल्ला प्रमुख अधिकारी जयनारायण आचार्यले स्थानिय पालिकाले कोइलाबास नाकामा तुरुन्तै हेल्थडेस्क स्थापना गर्नुपर्ने बताउनुभयो । ‘नाका खुला भएपछि स्वास्थ्य चेकजाँचको लागी अनिवार्य रुपमा हेल्थडेस्कको स्थापना गर्नुपर्ने हुन्छ, उहाँले भन्नुभयो,–। गाउँपालिका हेल्थडेस्कको स्थापना गर्नसाथ हामीले यताबाट सिमाक्षेत्र खुला गर्न परिपत्र गर्छौ । सिमाक्षेत्रमा जोकोही पनि चेकजाँचको क्रममा रिपोर्ट नेगेटिभ आए प्रवेश गर्न दिने अन्यथा रिपोर्ट पोजेटिभ आएमा प्रवेशमा रोक लगाइने छ ।’

यस्तै गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवले जिल्ला प्रशासन कार्यालय दाङबाट कोइलाबास नाकामा स्वास्थ्य चेकजाँचको लागी हेल्थडेस्क स्थापना गर्ने परिपत्र आए तत्कालै स्थापना गरि स्वास्थ्यकर्मी खटाउने जानकारी दिनुभयो । गृह मन्त्रालय मन्त्रिपरिषद्ले कोइलाबास नाका खुला गर्ने निर्णय गरेको छ ।

नाकामा हेल्थडेस्क स्थापना गर्न तयारी अवस्थामा छाँै । जिल्लाबाट परिपत्र आउने विक्तीकै व्यवस्थित तरिकाले हेल्थडेस्क स्थापना गछाँै ।
गत बिहिवार गृह मन्त्रालयले मन्त्रिपरिषद् निर्णयका आधारमा जिल्ला प्रशासन कार्यालयलाई नाका खुलाउन सर्कुलर पठाएको होरु। यसअघि १४ नाका खोलिएकामा माघ ११ को मन्त्रिपरिषद्ले थप १६ नाका खुलाउने निर्णय लिएको होरु।

भारततर्फका धेरै नाका बन्द हुँदा सीमाका नेपालीले घरायसी सामान खरिद, नातागोता भेटघाट र खेतीपातीका लागि समेत सहजै ओहोरदोहोर गर्न पाएका थिएनन् । खोलिएका नाकाबाट नेपालीले भारतीय बजार पुगी तोकिएको मापदण्डभित्र रहेर घरायसी सामान खरिद गर्न पाउनेछन् ।
कुन–कुन नाका खुला ?
पशुपतिनगर (इलाम), काँकडभिट्टा (झापा), रानी (मोरङ), माडर (सिरहा), गौर (रौतहट), वीरगन्ज (पर्सा), रसुवागढी (रसुवा), कृष्णनगर (कपिलवस्तु), बेलहिया (रुपन्देही), जमुनाह (बाँके), गौरीफन्टा (कैलाली), गयाचौकी (कञ्चनपुर), खलंगारपुलाघाट (दार्चुला), झुलाघाट (बैतडी), खजुरगाछी (झापा), भन्टाबारी (सुनसरी), कुनौली (सप्तरी), जटही (धनुषा), इनर्वा (धनुषा), भिट्टामोड (महोत्तरी), मलंगवा (सर्लाही), बंकुल (रौतहट), मटिअर्वा (बारा), सिम्रौनगढ (बारा), त्रिवेणी (पूर्वी नवलपरासी), महेशपुर (पश्चिम नवलपरासी), तौलिहवा (कपिलवस्तु), कोइलाबास (दाङ), सुरजपुर (बर्दिया) र तातोपानी (सिन्धुपाल्चोक) ।
नाकाबासीद्धारा सरकारलाई धन्यवाद
कोइलाबासका स्थानियहरुले नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् । (कोभिड १९)को कारण लामो समय सम्म बन्द भएको नाका खुला भएपछि स्थानियहरुले सरकारलाई धन्यवाद ज्ञापन गरेका हुन् ।

केहीदिन अगाडि प्रतिनिधिसभा सदस्य मेटमणी चौधरी नाकाको समस्या बुझ्न कोइलाबास पुग्नु भएको थियो । लामो समयसम्म नाका बन्द हुँदा जीवन थप कष्टकर बन्दै गएको भन्दै सदस्य चौधरीलाई व्यवस्थित र सहज तरिकाले नाका खुला गर्न माग राखेको थिए । कोइलाबास नाका खुला गर्न महत्पूर्ण भुमिका निभाएको भन्दै सदस्य चौधरीलाई नाकाबासीहरुले धन्यवाद ज्ञापन गरेका हुन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *