तुलसीपुर १९ मा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण

तुलसीपुर, १९ माघ । तुलसीपुर उपमहानगरपालिकाले जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गर्ने अभियान अन्तर्गत वडा नं. १९ मा पनि एक कार्यक्रम गरी ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

१९ नं. वडाका वडाध्यक्ष रामबहादुर योगीको अध्यक्षतामा भएको कार्यक्रममा वडाका ८४ वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।

उक्त वडामा ८४ वर्ष माथिका ज्येष्ठ नागरिकहरु १४ जना मध्ये आज आइतबार रामजी थारु, समति थारु, भदबहादुर घर्ती, इन्द्रबहादुर खत्री, अमृता खड्का, बागसिंह खत्री र पदमी खत्री गरी सात जनाले न्यानो कपडा पाएका छन् भने अन्यलाई पछि वितरण गर्ने कार्यक्रम रहेको छ ।

उक्त कार्यक्रममा वडा सदस्यहरु जय बहादुर विक, केशर पुन, देउकली विक, धर्मा श्रेष्ठले बोलेका थिए भने कार्यक्रमको सहजीकरण वडा सचिव लक्ष्मीप्रसाद चौधरीले गरेका थिए ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *