नदीजन्य पदार्थको अवैध उत्खन्न् रोक्नुपर्ने माग राख्दै राजपुर गाउँपालिका ताला

देउखुरी, २० माघ । दाङको राजपुर गाउँपालिकाका कार्यपालिका सदस्यहरुले यथासक्य कार्यपालिका बैठक बोलाउन माग गर्दै गाउँपालिकामा तालाबन्दी गरेका छन् । तालाबन्दी गरेको आधाघण्टा निवित्दै प्रशासनले ताला खोलेको थियो । बारम्बार आग्रह गर्दापनि कार्यपालिकाको बैठक नबोलाई जनताको काम नगरेर बन्धक बनाएको आरोप लगाउँदै गाउँपालिकामा तालाबन्दी गरीएको गाउँपालिका प्रवक्ता श्याम रोकाले जानकारी दिनुभयो ।

एकहप्ता अघि मात्रै वडा नम्बर ६ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता श्याम रोकाको नेतृत्वमा आफ्ना माग सहितको ज्ञापनपत्र गाउँपालिकामा बुझाएको थियो ।

ज्ञापनापत्रमा गत आर्थिक बर्षमा सम्पन्न योजनाहरुको उपभोक्ताले भुक्तानी नपाएको,साधरण मावि गंगदीमा गठन गरिएको विद्यालय व्यवस्थान समीतिलाई गाउँपालिका आधिकारिता प्रर्दान नगरीएको, गाउँपालिकाबाट नदीजन्य पदार्थ मापदण्ड भन्दा दोब्बर उठान गर्दापनि निगरानी नवढाई राजश्व गुमाएको, गाउँपालिकाको वडा नम्बर ५को खेलमैदान र औद्योगिक क्षेत्रको सार्वजनिक जग्गालाई घरघडेरीको रुपमा विक्री वितरण गर्न खोजिएको, गाउँपालिकामा हालसम्म सार्वजनिक सुनुवाइ नगरीएको, राजपुर गाउँपालिका र गढवा गाउँपालिकाको सिमा विवाद रहेपनि सिमा विवाद हल गर्न चासो नदिएको आरोप लगाउँदै तालाबन्दी यथासक्य कार्यपालिका बैठक बोलाउन माग गरिएको छ ।

अभिभावक र उपभोक्ताद्वारा गाउँपालिका घेराउ
दाङको राजपुर गाउँपालिका कार्यपालिका सदस्यहरूले आफुहरूको माग गाउँपालिकाले सम्बोधन नगरेको भन्दै गाउँपालिका घेराउ गर्दै धर्ना दिएका छन् । राजपुर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष श्याम रोकाको नेतृत्वमा एक्काईस जना कार्यपालिका सदस्यहरूले सोमबार गाउँपालिकामा तालाबन्दी गरि चर्काे विरोध ¥याली गर्दै गाउँपालिका घेराउ गर्दै धर्ना दिएका हुन् ।

धर्ना दिदै कार्यपालिका सदस्यहरूले आफुहरूको माग तत्कालै समाधान गर्न माग गरेका हुन् । हाम्रो माग तत्कालै समाधान नभए भोलि मंगलबारदेखि गाउँपालिकामा चर्काे रुपमा विरोध गर्दै जुलुस निकाल्ने वडा नम्बर ६ का वडाध्यक्ष श्याम रोकाले जानकारी दिनुभयो ।

‘गाउँपालिकामा हामीले हाम्रो माग सहित चौधगते ज्ञापनपत्र बुझाएको थियौं तर, गाउँपालिकाले हाम्रो मागलाई व्यवस्ता गर्दै कुनै माग सम्बोधन नगरी बहिस्कार ग¥यो, वडाध्यक्ष रोकाले भन्नुभयो ।’ प्रतिनिधि मुलक गाउँपालिकामा धर्ना कार्यक्रमको आयोजना गरिएको छ । गाउँपालिका माग सम्बोधन नगरे विरोधको कार्यक्रम महिनौ दिन सम्म लम्ब्याउने वडाध्यक्ष रोकाले बताउनुभयो । दुईघण्टा धर्ना कार्यक्रम गरि कोणसभामा परिणत भएको थियोे ।

कार्यपालिका सदस्यले सोमबार लगाएको ताला प्रशासनले खुलाएको छ । गाउँपालिकाको आग्रहमा ताला खोलेको प्रहरीले जनाएको छ । यसैविच गाउँपालिका अध्यक्ष लोकराज केसीले कार्यपालिका सदस्यले राखेको मागलाई शम्बोधन गर्ने गरी छलफल भइरुहेको जानकारी दिनुभएको छ ।

उहाँहरुले पेश गर्नुभएको ज्ञापन पत्रको जवाफ पनि दिएका छौ मंगलबार सर्वदलिय बैठकको आयोजना गरी बुधबार कार्यपालिका बैठक राखेर समाधान गर्नेगरी छलफल भइरहेको छ, उहाँले भन्नुभयो ।

राजपुर गाउँपालिकामा बढ्दो राजनीतिकरणका कारण पटक पटक यस्ता समस्या आइरहेका छन् । गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बहुमत छ । नेकपाको बहुमत भएपनि गाउँपालिका अध्यक्ष र उपाध्यक्ष नेपाली काँग्रेसको नेतृत्व छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *