बेलझुण्डी खानेपानी संस्थामा ३६ करोड बढीको आयोजना सम्झौता

दाङ, २० माघ । बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा ३६ करोड बढीको खानेपानी आयोजना संचालनका हुने भएको छ । आयोजना कार्यान्वयन गराउन संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना नेपालगञ्ज, तुलसीपुर उपमहागनरपालिका र बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाबिच सम्झौता पत्रमा आज हस्ताक्षर भएको छ ।

उपमहानगरपालिकाको तर्फबाट नगर प्रमुख घनश्याम पाण्डे, आयोजनाको तर्फबाट मनिषकुमार राज, खानेपानी संस्थाको तर्फबाट प्रदिप गौतमले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । आयोजना ३६ करोड २ लाख १० हजार ६ सय ९० रुपैयाँ लगानीको रहेको संस्थाले जनाएको छ ।कुल ३६ करोड मध्य २० प्रतिशत जनश्रमदान, ५ प्रतिशत आयोजना लागु हुने क्षेत्रका उपभोक्ताले लगानी गर्नुपर्ने भएको छ ।

सोही ५ प्रतिशतले हुन आउने रकम १ करोड ४० लाख रुपैयाँ उपमहागनरपालिकाले कर्जास्वरुप दिने भएको तुलसीपुर उपमहागनरपालिका–१८ का वडाध्यक्ष माधव वलीले जानकारी दिनुभयो ।

आयोजना चालु आर्थिक बर्षमा सुरु भई आगामी आर्थिक बर्ष २०८०÷०८१ मा सम्पन्न गर्नुपर्ने छ । कुल लागतको ७० प्रतिशत नेपाल सरकार र ३० प्रतिशत उपभोक्ता वा संस्थाले व्यहोर्नुपर्ने छ ।
नगरप्रमुख घनश्याम पाण्डेले सम्झौतापछि एक घर एक धारा भन्ने सरकारको नीतिलाई सहयोग पुग्नेगरी ऐतिहासीक काम भएको बताउनुभयो । स्थानीय तह मध्य सम्झौतामा हस्ताक्षर गर्ने र ठूलो ऋण प्रवाह गर्ने तुलसीपुर उपमहागनरपालिका नेपालमै पहिलो स्थानीय तह भएको बताउनुभयो ।
बेझलुण्डी, तुलसीपुर र अमृतपुर खानेपानीको आयोजना सम्पन्न भएकामा तुलसीपुर क्षेत्रमा खानेपानीको आधारभूत आवश्यकता पुरा हुने नगर प्रमुख पाण्डेले बताउनुभयो । बेलझुण्डी खानेपानीका अध्यक्ष प्रदिप गौतमले उपमहानगरपालिकाले अभिभावकीय जिम्मेवारी पुरा गरेकोमा प्रशंसा गर्दै उपभोक्ताको तर्फबाट धनयवाद दिनुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *