घोराहीमा गोर्खा फिट्नेस एकेडेमी एण्ड ट्रेनिङ सेन्टर सञ्चालनमा

दाङ, २० माघ । घोराहीमा गोर्खा फिट्नेस एकेडेमी एण्ड ट्रेनिङ सेन्टर सञ्चालनमा आएको छ । १५ लाखको लगानीमा सञ्चालनमा आएको सेन्टरको उद्घाटन गरिएको छ ।
सेन्टरको सोमबार सञ्चालक प्रकाश घर्तिको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका सचिव नरेशकुमार श्रेष्ठको प्रमुख आतिथ्यता एवं जिल्ला उद्योग वाणिज्य संघका कोषाध्यक्ष राज राणाको विशिष्ठ आतिथ्यतामा एक कार्यक्रम गरी उद्घाटा गरिएको हो ।

सेन्टरको उद्घाटन गर्दै प्रमुख अतिथि श्रेष्ठले युवाहरु युवाहरुकै आक्रषण रहेको व्यवसायमा जोडिनु निकै हर्षको विषय भएको बताउनु भयो । आर्थिक सम्पन्ताका लागी व्यवसाय नै मुख्य आधार भएको भन्दै गोर्खा फिट्नेसलाई सफलताको शुभकामना दिनुभयो ।

यस्तै विशिष्ठ आतिथि संघका कोषाध्यक्ष राणाले प्रशिक्षार्थिहरुलाई उत्कृष्ट ट्रेनिङ प्रदान गर्दै लाहुरे बन्ने धेरैको सपना पुरा गर्नुपर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै सेन्टरका म्यानेजिङ डाईरेक्टर घर्तिले अरुभन्दा बेग्लै ट्रेनिङ सेन्टरको रुपमा सञ्चालनमा ल्याएको बताउनु भयो । आफूहरुले भूपु आर्मीहरुलाई दाङमै पहिलो पटक राखिएको उहाँले बताउनु भयो । आफुहरुले ट्रेनिङ सेन्टरसँगै फिट्नेसका लागी जिम सेवा प्रदान गरिने उहाँले बताउनु भयो ।

ब्रिटिस् आर्मी, सिंगापुर पुलिस, ईन्डियन आर्मी, नेपाल आर्मी र नेपाल पुलिसको लागी पनि तयारीका लागी भर्ना खुल्ला रहेको उहाँले बताउनु भयो । फेब्रुअरी २८ सम्म स्थापनाको अवसरमा ५ देखी ३० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको उहाँले जानकारी दिनु भयो ।
ब्रिटिस र सिंगापुरको लागी भर्ना शुल्क अहिले १ वर्षको लागी ४० हजार रुपैया भर्ना शुल्क तोकिएको उहाँले बताउनुभयो ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *