दाङ निर्माण व्यवसायीद्धारा उवा संघका पदाधिकारीलाई स्वागत

दाङ, २० माघ । दाङ निर्माण व्यवसायी संघले दाङ उवा संघका पदाधिकारीलाई स्वागत तथा सम्मान कार्यक्रम गरेको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरिएको हो ।
संघका अध्यक्ष ईश्वरवहादुर पुनको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीको प्रमुख आतिथ्यता एवं निवर्तमान अध्यक्ष नारायन भुषालको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी स्वागत तथा सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बुढाथोकीले निर्माण व्यवसायीका समस्या समाधानलाई प्रमुखकता साथ ध्यान दिने बताउनु भयो ।

यस्तै कार्यक्रममा बोल्दै संघका अध्यक्ष पुनले उद्योग वाणिज्य संघ अभिभावक संस्था भएको भन्दै सहकार्य गर्दै अघि बढ्ने बताउनु भयो ।संघका वरिष्ठ उपाध्यक्ष पदमराज शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संघका सचिव रमेश केसीले गर्नु भएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *