नेपाल–भारत आवतजावत सुरु ‘कोइलाबास नाकाबाट रोजगारीको लागी पन्ध्रजना स्थानिय भारत प्रस्थान

कोइलाबास, २१ माघ । भारतसंग जोडिएको दाङको कोइलाबास नाका खुला भएसंगै कोइलाबासका स्थानियहरु रोजगारीको लागी भारत जान थालेका छन् ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई नियन्त्रण तथा रोकथामको लागी नेपाल सरकारले गत चैत एघार गतेदेखि बन्द गरेको नेपाल भारत सिमाक्षेत्र कोइालबास नाका गत बिहिवार गृह मन्त्रालयले मन्त्रिपरिषद् निर्णयका आधारमा जिल्ला प्रशासन कार्यालयलाई नाका खुलाउन सर्कुलर पठाएको थियो । मंगलवार देखि नेपाल भारत सिमाक्षेत्र कोइलाबास नाकामा आवतजावत क्रम सुरुवात भएको छ ।

नाका खुला भएसंगै रोजगारीको लागी स्थानियहरु भारत जना थालेको गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सद्दाम सिद्दिकिले जानकारी दिनुभयो ।
घर खर्च चलाउन मुस्किल र लकडाउनको मर्कामा परेका स्थानियहरु मंगलवार देखि रोजगारको लागी भारत जान थालेको वडाध्यक्ष सिद्दिकिले बताउनुभयो । उहाँले भन्नुभयो,–। ‘नाकाबासीहरु भारतको आर्षित भएको हुनाले रोजगारीको लागी बन्द कहिले खुला होला भनेर पर्खेर बसेका थिए । नाका खुला भएसंगै मंगलवार मात्रै पन्ध्रजना स्थानियहरु रोजगारको लागी भारत जानु भएको छ ।

’ लकडाउनका कारण स्थानियहरु धेरै मारमा पर्नुभएको थियो । दैनिक उपभोग सामाग्री देखि लिएर औषधी उपचारको लागी भारतको आर्षित नाकाबासी सरकारले नाका खुला गरेसंगै यहाँका स्थानियहरुको जनजिवनमा सहज भएको छ । कहिले नाका खुला र रोजगारको लागि भारत जाउला भनेर पर्खेर बसेका थिए । दिनमा पन्ूजना जति भारत काम गर्न जाने गरेको र बेलुकी घर फर्किने गर्नुहुन्छ, वडाध्यक्ष सिद्दिकिले भन्नुभयो ।
यता भारतको जनकपुर निवासी विरिजलाल यादव नेपाल भारत सिमाक्षेत्र कोइलाबास नाका खुला भएसंगै छोरीलाई भेट गर्न नेपाल आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,–। हामी भारतमा बस्छाँै तर, छोरी चाही मेरो सालको घर दाङको गढवामा बसेर पढ्छिन् । करिब दश महिनापछि छोरीसंग भेट गर्ने अवसर जुध्यो ।’ यस्तै स्थानिय सइदि सिद्दिकले नाका खुला भएसंगै स्वास्थ्य उपचारका लागि गढवा जानुपर्ने बाध्यता अन्त्य भएको जानकारी दिनुभयो । कोइलाबास स्वास्थ्य चौकीमा एम्बुलेन्स्को सुविधा छैन ।

दिनमा एकतर्फी मात्रै एउटा बस चल्छ । एम्बुलेन्स् नभएकै कारण हामीलाई गढवा भन्दा स्वास्थ्य उपचारको लागी भारत नजिकै र सहज हुनेभएकोले भारत जाने गरेको हाँै, स्थानिय सिद्दिकिले भन्नुभयो ।
यता अर्का स्थानिय मोहम्मद एहिया नाका खुला भएसंगै रासनपानीको समस्या अन्त्य भएको जानकारी दिनुभयो । हामीसंग सवारीसधान नहुँदा नाका बन्द हुदा कोइलाबास सशस्त्र प्रहरीले गढवा गएर रासनपानी ल्याइ सहयोग पु¥याउनु भएको थियो । नाका खुला भयो, समस्याको समाधान पनि भयो ।

स्वास्थ्य मापण्ड अपनाइर विहान भारतको बालुपुर बजार गएर रासनपानी लिएर आए, उहाँले भन्नुभयो । स्थानियहरुलाई सहजताको लागि कोइलाबास भन्सार खुला गरिएको कोइलाबास भन्सार कार्यालयका प्रमुख बसन्त रजौरेले बताउनुभयो ।
कोइलाबास नाकामा स्थापना गरियो हेल्थडेस्क
दाङको गढवा गाउँपालिका भारतसंग जोडिएको दाङको कोइलाबास नाकामा हेल्थडेस्क स्थापना गरेको छ । गत बिहिवार गृह मन्त्रालयले मन्त्रिपरिषद् निर्णयका आधारमा जिल्ला प्रशासन कार्यालयलाई नाका खुलाउन सर्कुलर पठाएसंगै सोमबार कोइलाबास नाकामा दुईजना स्वास्थ्यकर्मी सहित व्यवस्थित तरिकाले हेल्थडेस्क स्थापना गरेको गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवले जानकारी दिनुभयो ।

स्वाथ्य चेकजाँचको क्रममा रिपोर्ट पोजेटिभ आएमा विरामीलाई राख्ने क्वारेनटाइनको संचालनको लागी गाउँपालिकाको तयारी भइरहेको अध्यक्ष यादवले जानकारी दिनुभयो ।

नेपाल–भारत आवतजावत सुरु
‘कोइलाबास नाकाबाट रोजगारीको लागी पन्ध्रजना स्थानिय भारत प्रस्थान

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *