विश्व सिमसार दिवसमा तुलसीपुरमा अन्तर विद्यालय स्तरीय वक्तृत्वकला

दाङ, २१ माघ ।
विश्व सिमसार दिवसको अवसरमा तुलसीपुरमा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा तराई भू(परधि कार्यक्रम बाँेके र बन्यजन्तु संरक्षण संघ नेपालको सयुक्त साझेदारीमा प्रतियोगिता गरिएको हो ।

‘जलवायु परिवर्तन र युवाहरुको दायित्व ’ विषयक वक्ततृत्वकला प्रतियोगितामा गोरखा बोर्डिङका बेनिसा बस्नेत प्रथम हुनुभएको छ । प्रतियोगितामा ज्ञानज्योतिका श्रीया रेग्मी द्वितीय र गुरुजजुर माविका प्रतिक्षा शर्मा तृतीय हुनुभएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश ः ७ हजार, ५ हजार र तीन हजार पुरस्कार प्राप्त गरेका छन् ।

तुलसीपुरका सामुदायिक र नीजि विद्यालयका ४७ प्रतियोगि सहभागि रहेको तुलसीपुर उपमहानगरपालिकाका सुचना अधिकारी बावुराम न्यौपानेले जानकारी दिनुभयो । नगरका निमित्त प्रमुख प्रशासकिय अधिकृत भाष्कारराज गौतमको अध्यक्षता तथा कार्यबहाक नगर प्रमुख मायाँ शर्माको प्रमुख आतिथ्यतामा वक्तृत्वकला प्रतियोगिता भएको हो ।

कार्यवहाक नगरप्रमुख शर्माले मानविय क्रियाकलपकै कारण जलवायु परिवर्तन भइरहेको बताउनुभयो । उहाँले मानिस स्वस्थ हुनका लागि वातावरणलाई पनि सफा र सुन्दर बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको सहजीकरण सुचना अधिकारी बावुराम न्यौपानेले गर्नुभएको हो

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *