तुलसीपरमा लखन थापा स्मृति कप हुने

दाङ, २१ माघ
दाङको तुलसीपुरमा प्रथम शहिद लखन थापाको स्मृतिमा खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । शहिद थापाको स्मृतिमा आगामी फागुन २ देखि १५ गतेसम्म खुल्ला फुटबल प्रतियोगिता हुने भएको हो ।

नेपाल मगर युवा संघ तुलसीपुर नगर समितिको आयोजना तथा नेपाल मगर संघ तुलसीपुर नगर समितिको व्यवस्थापन एवं नेपाल मगर संघ दाङको संरक्षकत्वमा खुल्ला फुटबल प्रतियोगिता हुन लागेको हो ।

प्रत्येक वर्ष घोराहीमा हुने प्रतियोगिता यसवर्ष पहिलो पटक तुलसीपुरमा हुन लागेको नेपाल मगर संघ तुलसीपुर नगर समितिका अध्यक्ष रामकुमार घर्तीले जानकारी दिनुभयो । लखन कप प्रतियोगिता हरेक वर्ष जिल्ला कार्यसमितिले घोराहीमा आयोजना गर्ने गरेकोमा यसवर्ष तुलसीपुर नगर समितिको आग्रहमा तुलसीपुरमा प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो ।

दाङको खेलकुदलाई सक्रिय बनाउने र खेलाडीको व्यक्तित्व विकासका लागि आयोजना गरिएको प्रतियोगितामा सहभागिताका लागि टीम दर्ताको काम शुरु भइसकेको नगर अध्यक्ष घर्तीमगरले जानकारी दिनुभयो । टिम दर्ताका लागि आजमात्रै सचिवालय स्थापना गरिएको आयोजकले जनाएको छ । माघ ३० गते साँझ ५ बजेसम्म टिम दर्ता गर्न सकिने प्रमुख घर्तीले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुने टिमले १ लाख नगद मेडल र प्रमाणपत्र, द्वितिय हुने टिमले ५० हजार नगद, मेडल र प्रमाणपत्र र तृतीय हुने टिमले २० हजार नगद ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने सचिवालय संयोजक खिम घर्तीमगरले जानकारी दिनुभयो । प्रतियोगिताको तयारीका बारेमा आज पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ । घनश्याम पुनको अध्यक्षतामा पत्रकार सम्मेलन भएको हो

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *