होटल अनुगमन ः प्राय भान्सा फोहोर

तुलसीपुर,माघ २१ ।

तुलसीपुरका मुख्य चोकमा रहेका होटल तथा रेष्टुरेन्टहरुको अनुगमन गरिएको छ । मंगलवार तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाको अगुवाईमा पुगेको टोलीले तुलसीपुर बजारका मुख्य चोकमा रहेका ७ वटा होटल तथा रेष्टुरेन्टहरुको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा अधिकांश होटलका भान्साहरु दुर्गन्धित र फोहोर भेटिएको उपभोक्ता हित संरक्षण शाखाका प्रमुख रेखा शर्माले जानकारी दिनुभयो । अनुगमनका क्रममा अधिकांश होटलहरुको भान्साहरु फोहोर भेटियो,उहाँले भन्नुभयो,–केही होटलबाट म्याद नाघेका सामानहरु बरामद ग¥यौँ र भान्सा सफा राख्न सचेत पनि गरायौँ ।

अनुगमनकै क्रममा भान्सा र चर्पीसगै रहेको,भान्सामा सरसफाई कमी देखिएको,फ्रिजमा खाद्य पदार्थ असुरक्षित तवरले भण्डारण गरेको भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख बिबेक बन्जाराले जानकारी दिनुभयो । उहाँले भान्साको भित्ता तथा भुईमा टायलको व्यवस्था गर्न,भान्सा भित्रै रहेको चर्पीको उचित व्यवस्थापन गर्न,भान्सामा उचित सरसफाई गर्ने व्यवस्था मिलाउन होटल सञ्चालकलाई निर्देशन दिएको अटेरी गरेमा कारवाही गर्ने चेतावनी दिएको बताउनुभयो ।

केही होटलको भान्छा र भण्डारण कक्ष फोहोर र दुर्गन्धित भेटियो,खाद्य प्रमुख बन्जाराले भन्नुभयो,एक हप्ताको अवधिमा सुधार गर्न कडा निर्देशन दिएका छौँ । अनुगमनमा तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखासहित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, स्थानीय प्रशासन, प्रहरी, पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *