घर खाली गराउने साझा विरुद्धको मुद्धा प्रतिष्ठानको पक्षमा

दाङ, २२ माघ। राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले आफ्नो अस्पताल हाताभित्रको घर खाली गराउन साझा स्वास्थ्य सेवा विरुद्ध हालेको मुद्धा प्रतिष्ठान आफैले जितेको छ । समयाबधि नाघेपछि पटक(पटक प्रतिष्ठानले साझाको औषधि बिक्रि कक्ष खालि गर्न पत्राचार गर्दा पनि नमानेपछि मुद्धा अदालतसम्म पुगेको थियो ।

दाङ देउखुरी जिल्ला अदालतले प्रतिष्ठान हाताभीत्र रहेको साझा स्वास्थ्य सेवाको बिक्रि कक्ष तत्काल हटाउन फैसला सुनाएको प्रतिष्ठानका कामु रजिस्ट्रार झङ्कार लामीछानेले बताए ।

लामो बहसपछि अदालतले दुबै पक्ष बिच गरिएको समयाबधि सकिएकाले कानुन बमोजिम त्यहाबाट हट्न फैसला सुनाएको प्रतिष्ठानको तर्फबाट अदालतमा बहस गरेका अधिबक्ता निर्मल गौतमले जानकारि दिए ।जिल्ला न्यायाधीस डिल्लीराम शर्माको एकल इजलाशले साझा स्वास्थ्य सेवाको बिक्रि कक्ष तुरुन्तै खाली गर्न फैसला गरेको हो। साझाको तत्कालीन राप्ती उपक्षेत्रिय अस्पतालसंग सम्झौता हुदा २०७४ साल साउनसम्म म्याद भएको र पछि अस्पतालले चाहेको खण्डमा एक महिना भित्र छोड्ने सहमती थियो ।

तत्कालीन राप्ती उपक्षेत्रिय अस्पताल राप्ती स्वास्थ्य प्रतिष्ठान बनेपछि प्रतिष्ठानले २०७६ असारसम्म म्याद दिइ साझालाइ आफ्नो बिक्रि कक्ष हटाउन पत्राचार गर्यो । साझाले प्रतिष्ठानको पत्राचारलाई बेवास्ता गरेपछि कानुनिरुपमा साझालाइ हटाउन अदालतमा परेको मुद्धा पनि जितेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *