निमाहल रोडमा सडक निर्माणको काम सम्पन्न भएसँगै धुलो र खाल्डाखुल्डीको समस्या अन्त्य

घोराही, २२ माघ। सडक निर्माण सम्पन्न भएपछि निमाहल रोडका बासिन्दा, व्यवसायी र आम नागरिक खुशी भएका छन् । प्रादेशिक राजधानी दाङको सदरमुकाम घोराहीको मुख्य प्रवेशद्धारको रुपमा रहेको ट्राफिक चोकदेखि पिपलबोट रझेना चोकसम्मको सडक निर्माण कार्य सुरु भएको करिव चार वर्षपछि सम्पन्न भएको हो ।

लामो समयको प्रतीक्षापछी काम सम्पन्न भएता पनि नयाँ प्राविधि मार्फत छिटो र गुणस्तरयुक्त कामको आम नगरबासीले स्वागत गरेका छन् ।

सडक पहिले भन्दा अहिले फराकिलो भएको छ । सडकको दुबैतिर फराकिलो पारिएको छ । पहिलेको तुलनामा अहिले सडक तेब्बल फराकिलो परिएको छ । घोराही उपमहानगरपालिका वडा नम्वर १४ र १५ छुट्टाउने यो सडक निर्माणको काम हालसालै सम्पन्न भएको छ ।जसका कारण त्यस क्षेत्रका व्यवसायी, त्यहा बजार गर्न आउने नागरिक र त्यहाँका बासिन्दाहरुले सहजताको महशुस गर्न पाएका छन् । सडक निर्माणको क्रममा उत्पन्न धुलोका कारण नागरिकले सास्ति झेल्नु परेको थियो । अव सडक बनेसँगै धुलो र खाल्डाखुल्डीका कारण नागरिकले झेल्नु परेको सास्ती अन्त्य भएको छ ।

केशव फेन्सी स्टोरका नविन श्रेष्ठ भन्नु हुन्छ, घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे भएर आम नागरिकलाई भएको सास्तिको अव अन्त्य भएको छ । करिब चार वर्ष देखि निर्माणाधीन अवस्थामा रहेको घोराहिको मुख्य प्रवेशद्वार ट्राफिक चोक (रझेना चोक) सम्मको बाटोले पुर्णता पाउँदा आम हामी खुसी भएका छौँ ।

काम हुँदै रोकिदै गर्दै आएको सो निर्माण कार्यले यहाँका उद्योगी (ब्यवसायी, घरधनी र टोल बिकास सथाको थप सक्रियता पछि सम्वन्धित वडा अध्यक्षहरु र नगर प्रमुखको ध्यानाकर्षण भए लगत्तै कामले गति लिएको उहाँले बताउनु भयो । ४ वर्षको प्रतीक्षापछी काम सम्पन्न भए पनि गुणस्तरयुक्त काम भएकाले आफुहरुले खुशीसाथ स्वागत गरेका छौँ, श्रेष्ठले भन्नु भयो ।

यस्तै टोलका अध्यक्ष चित्रकान्त आचार्यले भन्नु भयो,–‘सडक निर्माणका लागी यो कार्यमा जोडिएर सक्रिय भुमिका निर्वाह गर्नुहुने टोल विकास सथाका अध्यक्ष लगायत सम्पुर्ण पदाधिकारी, उद्योगी ब्यवसायी, वडा नम्बर १४ र १५ का अध्यक्ष, ठेकेदार कम्पनी, काममा सहभागी प्राबिधिक टोलि , नगर प्रमुख लगायत सम्पुर्णमा धन्यवाद भन्न चाहान्छु, उहाँले भन्नु भयो ।

घोराही उपमहानगरले नगरलाई बस्तिसम्म सडकमार्फत् जोड्न सडक विस्तारको कामलाई तिव्रता दिदै आएको छ । अर्कोतर्फ बजारी क्षेत्रमा जिर्ण भएका सडकको मर्मत तथा पुनः निर्माणलाई पनि प्रमुखताका साथ अघि सारेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *