आत्मनिर्भर बन्दै दुर्गम गाउँका महिलाहरु

घोराही, २२ माघ
दाङको बंंगलाचुली गाउँपालिका वडानम्वर३ र ४ का ११ जना महिलाहरु होजियारी उद्योग सञ्चालन गरेर आत्मनिर्भर बन्दै गएका छन् । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले होजियारी तालिम र व्यवसाय सञ्चालन गर्न सहायता प्रदान गरेपछि महिलाहरु आत्मनिर्भरताको बाटोमा अगाडि बढेका छन् ।

उद्योगमा उत्पादित स्विटर, मखलर, पञ्जालगायतका न्यानो कपडा सहुलियत मूल्यमा विक्रि हुदै आएको छ । लुम्बिनी प्रदेशद्वारा सञ्चालित मुुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत गाउँपालिकामा आएको वजेटबाट प्रदान गरेको सीपबाट महिलाहरु आत्मनिर्भर बनेको देख्दा खुसी लागेको गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीले जानकारी दिनुभयो ।

घाँस दाउरामा सिमित भएका दुर्गम गाउँका महिलाहरु व्यवसायी बन्दै गएकोमा पनि उत्साहित भएका छन् ।होजियारी उद्योग सञ्चालनमा ल्याएपछि समाजमा परिचय फेरिएको भन्दै पार्वती डाँगीले आफूलाई आवश्यक पर्ने खर्च आफै जुटाउने हुँदा खुसी लागेको बताउनुभया

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *