क्लिनफिडको अर्थतन्त्रमा योगदान

नेपालमा विज्ञापन व्यावसायीहरूले केही वर्षदेखि उठाउँदै आएको विषय अन्ततः सरकारले दोस्रोपटक कार्यान्वयनमा ल्याएको छ । नेपालमा प्रसारण हुने विदेशी च्यानलहरू क्लिनफिड भएर मात्रै प्रसारण हुनुपर्छ भनेर कुरा अठाउँदा त्यस बेला नेपालमा एनालग सिस्टम थियो । च्यानलहरू पनि एचडी फर्मेटमा सञ्चालिन हुन्थे र नेपालमा भारतीय माइक्रोम्यानेज हुन्थ्यो तर सोही विषय सरकारले आमसञ्चार नीतिमा समावेश गरेर २०७३ सालमा क्लिनफिडसम्बन्धी विषय समावेश गर्र्दासमेत केवल व्यवसायीहरूको विरोध र भारतीय ब्रोडकास्टहरूले राजनीतिक लेभलमा प्ले गरेर सो विषयलाई तुहाइदिएका थिए र सरकारले के महसुस ग¥यो भने अब नेपालमा क्लिनफिड हुने हो भने नीतिमा हैन बलियोसँग ऐनमा नै समावेश गरेर ल्याउन भनेर विज्ञापन नियमन गर्ने ऐनमा क्लिनफिडको कार्यान्वयन डेटलाइनसमेत तोकेर अगाडि ल्याएको बुझ्न सकिन्छ ।

क्लिनफिड राष्ट्रवाद मात्रै नभएर यो नेपालको आवश्यकता पनि भइसकेको थियो । नेपालमा विदेशी च्यानलहरूको दबदबा र दोहोरो नीति थियो । नेपाली ग्राहकबाट टेलिभिजन हेरेबापत रकम पनि असुल्ने अनि सोही च्यालनमा विज्ञापन पनि समावेश गरेर दोहोरो आमदानी गर्दै आइरहेका थिए । अझ भारतीय मल्टिनेसनल कम्पनीका मालिकहरूले त के सोच्थे भने नेपालमा नेपालीहरूले अधिकांश भारतीय टेलिभिजन च्यानलहरू हेर्छन् र हाम्रा उत्पादनका विज्ञापनसमेत भारतीय च्यानलमा नै देखाए पुग्छ भनेर उनीहरूले उत्पादनमा विज्ञापन शुल्क जोड्थे तर त्यो विज्ञापन शुल्क भारतीय बजारमा नै खपत हुन्थ्यो त्यसको कुनै पनि हिस्सा न नेपाली च्यानल न कुनै विज्ञापन एजेन्सी न अन्य कुनै कलाकार र प्राविधिकले पाउथे नेपालीले मात्रै पाउने भनेको विज्ञापन शुल्क जोडिएको महँगो वस्तु र उत्पादन मात्रै ।

क्लिनफिड समयको माग मात्रै नभएर यसले दीर्घकालमा नेपालको अर्थतन्त्रमा समेत योगदान दिन सक्ने देखिन्छ । क्लिनफिडले नेपाली अर्थतन्त्रमा कसरी योगदान दिन्छ भन्नेबारेमा यहाँ चर्चा गरेको छु ः

विज्ञापन बजार विस्तारः
क्लिनफिड लागू भएपछि नेपालमा प्रसारण हुने कुनै पनि विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापन प्रसारण गर्न पाउँदैनन र नेपालमा सञ्चालित आमसञ्चारका माध्यमबाट पनि नेपाली भाषामा डबिङ गरिएका विज्ञापनहरू प्रसारण गर्न पाउँदैनन् । यसको सोझो मतलत हो, विदेशी टेलिभिजनमा प्रसारण हुने विज्ञापनहरू अब नेपालमा नै सुटिङ र नेपाली भाषामा नै तयार गरी नेपाली कलाकार र मोडल राखेर नेपाली टेलिभिजन च्यानलहरूमा मात्रै प्रसारण गर्नुपर्नेछ । विज्ञापन व्यावसायीहरूका अनुसार नेपालमा क्लिनफिड हुनपर्छ भन्दा नेपालको विज्ञापन बजार करिव २ सय ९३ अर्बको मात्रै थियो आज त्यो बढेर करिब १० अर्ब पुगेको छ र अब क्लिनफिडको सफल कार्यान्वयन हुन पुगेमा सो बजार करिब २० अर्ब माथि पुग्ने अनुमान उनीहरूले गर्दै आएका छन् ।

नेपालमा क्लिनफिड हुनु भनेको स्वतः विज्ञापन बजार विस्तार हुनु हो । विज्ञापन बजार विस्तार हुँदा नेपाली कलाकार प्राविधिकहरूले रोजगारी प्राप्त गर्ने उनीहरूको क्रयशक्ति वृद्वि हुने देखिन्छ जसले गर्दा नेपालमा रोजगारीको अवसरमा पनि वृद्वि हुन सक्छ जसले गर्दा नेपालको अर्थतन्त्रदेखि कुल गार्हस्थ उत्पादन र कुल आयममा समेत वृद्वि भई अर्थतन्त्र थप सवल र चलायमान हुन पुग्छ जसले गर्दा अर्थतन्त्रमा योगदान पुग्ने देखिन्छ ।

नेपाली टेलिभिजन च्यानलहरूको सक्षमता ः
हाल नेपाली टेलिभिजन च्यानलहरूको अवस्था दयनीय हँुदै गएको देखिन्छ । नेपालमा धेरै कम मानिसले मात्रै नेपाली च्यानलहरू हेर्ने गरेको तथ्यांक रहेको देखिन्छ । यसको एक मात्रै कारण हो नेपाली टेलिभिजनहरूले विज्ञापन नपाउनु । विज्ञापन नपाएमा अर्को कुनै आम्दानी छैन नेपाली मिडियाहरूको । जसको कारण सरकारले दिएको अनुमतिपत्र नवीकरण गर्न, प्रसारण तथा वितरण शुल्क तिर्न र सरकारले तोकेको न्यूनतमा पारिश्रमिक दिनसमेत धौधौ परिरहेको अवस्था छ । यसको एक मात्रै कारण भनेको आम्दानीको अभाव । आम्दानीभन्दा खर्च जसको बढी हुन्छ, ऊ स्वतः कंगाल हुने बाटोमा जाने निश्चित नै छ । यसर्थ नेपाली मिडियाहरू पनि विदेशी मिडियाको छाया हुर्कन बाध्य भएका थिए ।
क्लिनफिडपश्चात् विदेशी च्यानलमा विज्ञापन देखाउन नपाएपछि सो विज्ञापन स्वतः नेपाली मिडियाहरूमा छाउने नै भयो । अब विदेशी मल्टिनेसनल कम्पनीको विज्ञापन पाउन पनि नेपाली मिडियाहरूले टीआरपी बढाउनुपर्ने भयो । राम्रा र गुणस्तरीय कन्टेन्ट उत्पादन गर्नपर्ने भयो । जसले राम्रा र गुणस्तरीय कन्टेन्ट उत्पादन गर्छ र जसको टीआरपी राम्रो छ उसले मात्रै विज्ञापन राम्रो पाउने भयो जसले गर्दा नेपालमा नयाँ मिडिया थपिने र भएका विचमा राम्रो प्रतिस्पर्धा हुने भएको र उनीहरूले सरकारलाई नवीकरण शुल्क, रोयल्टी कर भ्याटजस्ता करहरू दाखिला गर्नुपर्ने हँुदा देशको अर्थतन्त्रमा क्लिनफिडले योगदान पुग्ने देखिन्छ ।

न्यूनतम पारिश्रमिक कार्यान्वयन ः
नेपाल सरकारले नेपाल राजपत्रमा सूचना नै प्रकाशन गरेर राष्ट्रियस्तरका मिडियादेखि लिएर अन्य मिडियाहरूले समेत आफ्ना संस्थामा कार्यरत श्रमजीवी पत्रकार तथा कर्मचारीहरूलाई न्यूनतम पारिश्रमिक दिनपर्ने भनी अनिवार्य परिपत्र जारी गरेको अवस्थमा कतिपय मिडियाहरूले सो दिन नसकेको र नसक्ने अवस्था देखिएको थियो, जसको एउटै कारण हो मिडियाहरूको आम्दानी नहुनु अथात् विज्ञापन पाउन सक्ने अवस्था नदेखिनु । हो, अव क्लिनफिडपश्चात् नेपाली मिडियाहरूमा तिनीहरूको स्तरअनुसार विज्ञापन बढ्दै जाने भयो र सोही कारण मिडिया सञ्चालकहरूले समेत सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिन सक्ने अवस्था भयो । जसले गर्दा मिडिया पेसामा संलग्नहरूको आयआर्जन रोजगारीमा बढोत्तरी हुनेदेखि लिएर पारिवारिक हैसियतसमेत बढ्ने देखिन्छ ।

अब नेपाली मिडियाहरूमा आबद्वहरूले २ सय ९४ महिना लकडाउन हुँदा रोजगारी गुम्ने अवस्था पनि नआउन सक्छ र मिडिया सञ्चालकहरूले समेत १ सय ९२ बन्द हँुदैमा कर्मचारी र पत्रकारलाई जागिरबाट निकालिहाल्नुपर्ने अवस्था नआउन सक्छ ।
खेल क्षेत्रमा योगदान ः
झट्ट सुन्दा क्लिनफिडले खेल क्षेत्रमा के योगदान दिन्छ होला भन्ने लाग्न सक्छ तर दीर्घकालीन रूपमा क्लिनफिडले खेल क्षेत्रमा ठूलो प्रभाव पार्न सक्ने देखिएको । हाल भारत सञ्चालित आईपीएलमा को प्रायोजक मुख्य प्रायोजक अफिसियल इस्पोन्सरदेखि खेलाडी लुगामा र खाने पानीको बोटलसम्ममा बहुराष्ट्रिय कम्पनीहरूले विज्ञापन गरेको देखियो । यसको मतलब हो बहुराष्ट्रिय कम्पनीहरू आफ्नो सामानको विज्ञापन जुनसुकै क्षेत्रमा गर्न पनि पछि पर्दैनन् । अब नेपालमा क्लिनफिड भएपछि सोनी स्टारलगायतका टेलिभिजनहरूले क्रिकेट र फुटबल लाइभ गर्दासमेत विज्ञापनरहित भएर गर्नुपर्छ र त्यही लाइभ नेपाली टेलिभिजनले ग¥यो भने उसले नेपाली विज्ञापन मज्जाले देखाउन सक्छ । हो, यसको मतलब अब भारतमा आईपीएल भएजस्तै नेपालमा पनि क्रिकेटका विभिन्न टुनामेन्टहरू सञ्चालन हुन्छ, जसको प्रत्यक्ष प्रसारणदेखि खेलाडी र खेलको आयोजक अनि प्रायोजक गर्न गर्दै आफ्नो उत्पादनको विज्ञापन गर्न मल्टिनेसनल कम्पनीहरू बाध्य हुन्छन् ।

नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरमा नाम र दाम कमाउन सफल अनि अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल र खेलाडीहरूको कमी रहेको देखिँदैन, जसले गर्दा उनीहरूले ती खेलाडी र खेलमा प्रायोजन गर्न सक्छन् । जसले गर्दा त िखेलडी आयोजक र खेलको स्तर पनि वृद्वि हुने भयो भने जसले गर्दा रोजगारी र आयकर नाफा करलगायतका शीर्षकमा खेल आयोजक र खेलाडीहरूले कर दाखिला गर्ने भए जसले नेपालको अर्थतन्त्रदेखि रोजगारीमा योगदान गर्न सक्छ र नेपाली खेलकुद र खेलाडीहरूको स्तर पनि वृद्वि हँुदै जान्छ ।
मनोरञ्जन क्षेत्रमा योगदानः
क्लिनफिड र मनोरंजन एकआपसमा नजिकका विषयहरू हुन । नेपालको मनोरञ्जन र चलचित्रको बजार हिस्सा एकदमै सानो रहेको छ । नेपाली मनोरञ्जन र चलचित्र उद्योगलाई यसकारण पनि सरकारले उच्च प्राथमिकतामा नराखेको हुन सक्छ किनकि यस क्षेत्रबाट अर्थतन्त्रमा योगदान एकदमै कम रहेको छ । अब क्लिनफिड भएपश्चात् नेपाली कलाकार अनि मोडलहरू प्राविधिकहरूको माग उच्च रूपमा बढ्ने अनि पारिश्रमिक पनि बढ्ने देखिन्छ । अब नेपालमा प्रसारित विदेशी च्यानलले त विज्ञापन वजाउने नपाउने अनि नेपाली टेलिभिजनहरू र मिडियाहरूले पनि नेपाली कलाकार भएको र नेपाली भाषी विज्ञापन मात्रै प्रसारण गर्नुपर्ने भएका कारण नेपाली बजारमा विदेशी मल्टिनेसनल कम्पनीका सामानहरू विज्ञापन गर्नसमेत नेपालकै कलाकार राख्नुपर्ने अवस्था आएका कारण नेपाली कलाकारहरूले राम्राराम्रा मल्टिनेसनल कम्पनीहरू जोडिन पाउने भए साथै राम्रो पारिश्रमिक पाउने भए जसले गर्दा नेपालमा कला र मनोरञ्जन क्षेत्रसमेत वृद्वि हुने भयो यसका साथै कलाकार उत्पादन र ट्रेनिङ गर्ने हाउससमेतको आम्दानी र क्रयशक्तिमा वृद्वि हुने भएका कारण उनीहरूले कर दस्तुर तिर्ने भए र उनीहरूले प्रयोग गर्ने सवारी साधनदेखि लिएर होटल बासदेखि लिएर समग्र क्षेत्रमा योगदान दिने भएका कारण यसले मनोरञ्जन क्षेत्रसँगै नेपाली अर्थतन्त्रमा पनि योगदान पु¥याउने देखिन्छ ।

पर्यटनमा योगदानः
नेपालमा क्लिनफिड भएपछि नेपालको बजार हिस्सा बुझ्न नेपालमा विज्ञापनको अवस्था बुझ्नदेखि लिएर नेपाली कलाकार र नेपाली भाषामा विज्ञापन बनाउन विदेशी मल्टिनेशन कम्पनीका सञ्चालकदेखि लिएर विज्ञापन दाताहरू र सञ्चालकसमेत नेपालमा आउने भए जसले गर्दा नेपालमा उनीहरू बस प्लेन ट्रेन जेबाट आए पनि होटल बस्नुप¥यो खान प¥यो अनि राम्रो राम्रो लोकेसनमा विज्ञापन सुट गर्नुपर्ने हुँदा क्लिनफिडले नेपालको पर्यटन क्षेत्रमा समेत योगदान पु¥याउने देखिन्छ ।

यसरी नेपालमा वस्तुको बजार र विज्ञापनक सुट गर्न अनि राम्रो राम्रो लोकेसनमा विज्ञापन खिच्न आउँदा पर्यटन ट्राभल र ट्रेकिङ क्षेत्रमा काम गर्नेहरूको आम्दानी र रोजगारीका अवसरहरूमा वृद्वि हुने जसले गर्दा उनीहरूको परिवारदेखि आश्रितहरूको जीवन निर्वाहमा योगदान पुग्ने र होटलबाट कर र दस्तुर संकलन हुँदा क्लिनफिडले पर्यटन क्षेत्र हुँदै नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको हिस्सा २ प्रतिशतमा मात्रै सीमित नरहला भन्न सकिन्छ ।

सांस्कृतिक क्षेत्रमा योगदानः
क्लिनफिड अघि विदेशी च्यानलहरूमा सोही देश अनुकूल धर्म र संस्कृतिदेखि लिएर उनीहरूको आफ्नै कल्चर र फेसन मात्रै सो हुने गरेको देखिन्थ्यो भने अब नेपालमा प्रसारण हुने विज्ञापनहरू नेपाली माटो र परिवेश सुहाउँदो हुने भएका कारण यसले सास्कृतिक विचलन हुने अवस्थाको अन्त गर्दै नेपाल विदेशी संस्कृतिको गुलजारबाट मुक्त हुने अवस्था देखिन्छ ।

विशेष गरी नेपाली च्यानलहरूमा नेपाली धार्मिक स्थल र सांस्कृतिक क्षेत्र समेटेर विज्ञापन गर्ने सकेमा सो स्थानहरूमा विज्ञापन सुटिङ गर्न सकेमा अनि भिडियोहरू बनाउन सकेमा विदेशीहरूलाई थप आर्कषित गर्न सकिने देखिन्छ ।

क्लिनफिडपश्चात् पाइन्ट अनि लेहंगा र घाँघरहरू भारतीय महिलाहरूले लगाएकै देखासिकी गरी नेपाली बजार प्रभावित गर्ने अवस्था नआउन पनि सक्छ जसले गर्दा नेपाली गलैंचा र गार्मेन्ट उद्योगहरू पुन फस्टाउने मौका पाउने अवस्था आउँछ जसले गर्दा रोजगारीदेखि लिएर विदेशी मुद्रा सञ्चितिमा थप मद्दत पुग्ने र नेपाललाई सांस्कृतिक उपनिवेश बनाउने खेलहरूको समेत कमी हुने देखिन्छ ।

यसरी क्लिनफिड एक साध्य मात्रै नभई साधन पनि हो । जसले नेपालको समग्र क्षेत्रमा गुणात्मक र सकारात्मक प्रभाव पार्दै देशलाई नै विकासको अग्रगतिमा लैजान सक्ने देखिन्छ अब मात्रै यसको सफल र पूर्ण कार्यान्वयन आवश्यक छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *