खेलकूद क्षेत्रको विकासमा ध्यानदिन आवश्यक

हिजो विशुद्ध मनोरन्जनमा मात्र सिमित बनेको खेलकूद क्षेत्र आज मानिसको जीवन शैलीमा जोडिन आइपुगेको छ । खेलकूल क्षेत्र मानिसको शारिरीक र मानसिक विकासका लागि मात्र नभई स्वस्थ नागरिक बनाई र राष्ट्रको समृद्धिका लागि पनि महत्वपूर्ण छ । युवाहरुको आर्कषणको केन्द्र विन्दु रहेकोे खेलकूल क्षेत्रमा राज्यको चासो भने नगन्य मात्रामा रहेको छ ।

जसरी मानिसले खेलकूललाई जीवनपद्धतिका रुपमा अपनाउन थालेको छ सोहि अनुरुप यसको महत्व,बृद्धि अनि विकासमा राज्यको ध्यान पुग्न सकिरहेको छैन । राज्यका नीति निर्माताहरु विश्वकप फुटवलमा स–साना राष्ट्रले टफी जित्ने गरी खेलेका खेलहरु खुब रुचीपूर्वक हेर्छन तर आफनै देशलाई विश्वकप फूटवल खेलमा सहभागि गराउने गरी यहाँको खेल क्षेत्रलाई माथि उठाउनेमा ध्यान दिदैनन् ।
नेपालको खेलकूल क्षेत्र फष्टाउदो क्रममा छ । तर त्यसका लागि प्रयाप्त वातावरण,लगानी र प्रोत्साहन छैन । राज्यले खेलकूद क्षेत्रलाई बुझेर पनि महत्व दिन सकिरहेको छैन । युवाहरुको आर्कषण र रुचीलाई समेट्न सकिरहेको छैन् ।

नेपालले क्रिकेट क्षेत्रमा गरिरहेको आश लाग्दो प्रगतिलाई हेर्ने हो भने उचित तालिम र प्रशिक्षण दिने हो भने हरेक खेलमा उचित क्षमता प्रर्दशन गरेर नेपाललाई अन्र्तराष्ट्रिय जगतमै चिनाउने खेलाडीहरु यहाँ छन । तर यहाँ त राष्ट्रिय खेलकूद परिषद्नै काम भन्दा बढि विवाद र भष्टाचारमा मुछिने गर्छ ।

काठमाण्डौंमा रहेको देशको ठुलो दशरथ रंगशालानै निर्माणविहिन अवस्थामा छ भने अन्य ठाउँको खेलकूद संरचनाको हालत झन के होला ? जिल्ला,जिल्लामा खेलकूल परिषदहरु छन तर उनीहरुको भूमिका परम्परालाई धान्ने किसिमको देखिन्छ । न खेलकूदको विकासमा ध्यान दिएको देखिन्छ न खेलकूद मैदान र भौतिक संरचना निमार्णमा लागेको । खाली बजेट सक्ने तरिकाले हाम्रो देश खेलकूद क्षेत्रमा पछाडि पदै आइरहेको छ । खेल यस्तो क्षेत्र हो जसले जनतालाई एकताको सुत्रमा बाँध्ने मात्र गदैन,राष्ट्रप्रेम समेत जगाउने काम गर्छ ।

विश्व जगतबाटै खेलकूद प्रति बढ्दै गएको रुची अबका दिनमा नेपालको लागि पनि अनिवार्य बन्न पुगेको छ । भोलि गएर डाक्टर,इन्जिनियर बन्छु भन्ने हाम्रा नानीहरुलाई भोलि ठुलो खेलाडी भएर देशलाई चिनाउँछु भन्ने आंकाक्षा निर्माण गरिदिने वातावरण बन्यो सक्यो भने मात्र हाम्रो खेलकूद क्षेत्र माथि उठ्न सक्ने छ ।
खेलकूद क्षेत्रलाई राष्ट्रनिर्माणसँग जोड्न आवश्यक छ । खेलकूद क्षेत्र पनि समाजसेवा हो,जसले राष्ट्रलाई चिनाउँछ । तसर्थ राष्ट्रलाई माथि उठाउन खेलकूद क्षेत्रमा जागरण ल्याउन आवश्यक छ । खेलकूद स्टेडियमहरु निर्माण हुनु आवश्यक छ र हरेक बच्चाहरुलाई स्कूलदेखि खेलकूदमा रुची जगाइदिएर देशको योग्य नागरिक निर्माण गर्न आवश्यक छ ।

यसका लागि स्थानीय सरकारहरुले तलदेखिनै खेलकूद क्षेत्रलाई प्राथमिकतामा राखेर कार्ययोजना बनाउन जरुरी छ । हरेक स्थानीय तहले खेलकूदका लागि छुट्टयाएका मैदान मास्ने नभई संरक्षण सहितको खेल मैदान बनाउन आवश्यक छ । खेल क्षेत्रमा राज्यले मात्र नभई निजी क्षेत्रलाई समेत लगानी गर्नमा प्रोत्साहन गर्नु पर्दछ ।

हिजोको अवस्था भन्दा खेल क्षेत्र केही सुधार उन्मुख छ तर प्रर्याप्त छैन । खेलकूदमा समृद्धि नल्याई राष्ट्र समृद्धि हुने देखिन्न । त्यसैले खेलकूदले प्राथमिकता पाउनुपर्छ र यस क्षेत्रमा देखिएका विकृतिहरुलाई हटाइनुपर्छ । खेलकूद क्षेत्रलाई माथि उठाउन सकिए मात्र देश माथि उठ्छ भन्ने चेतना नीति निर्माता र नेताहरुमा हुन जरुरी र यस क्षेत्रको कुशल अविभावकत्व यो सरकारले निर्वाह गर्न जरुरी छ ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *