भावना र भाषा नबुझिदिने बहिराहरुको गुनासो

दाङ, २३ माघ । बहिरोपनको अपाङ्गता भएका व्यक्तीहरुले अझै पनि अपाङ्गमैत्री व्यवहारको महशुुस गर्न नपाएको गुनासो गरेका छन् । उनिहरुले आफ्नो भावना र भाषा नबुझिदिने गुनासो गरेका छन् ।
घोराहीका शेरबहादुर कामीले आफुहरुलाई शिक्षा र रोजगारी पाउनका लागी अनुकुल वातारण नभएको दुखेसो पोख्नु भयो । शेरबहादुर कामीको धारण यस्तो छ, –‘शिक्षा ज्योति हो भनिन्छ तर हाम्रो लागी चाही के हो मैले बुझ्नै सकेको छैन् ।शिक्षा प्राप्त गर्नका लागी हामी विद्यालयमा जान्छौँ । विद्यालयमा पढ्ने वातावरण नै छैन् । विद्यालय पनि स्थाई रुपमा नदिएको जस्तो छ, त्यसैले पनि हामी मारमा परिरहेका छाँै, उहाँले भन्नु भयो ।

यस्तै उहाँले संकेतिक रुपमै भन्नु भयो,–‘काम पाउन मुस्किल हुने र रोजगार पाए पनि समान काम गर्दा पाउने पारिश्रमिक निकै थोरै हुने गर्दछ । यो भेदभाव हामी सहन बाध्य छौँ । हामीलाई ख वर्गको परिचय पत्र बनाउन जादा होईन ग वर्गको बनाउनुपर्छ भनेर आफै भन्दिनु हुन्छ तर हामीलाई रोजगारीमा पुर्णरुपमा विभेद हुन्छ । अन्य प्रकारका अपाङ्गता भएका व्यक्तिहरु सत्तप्रतिशत माथि उठ्ने हामी चाँहि शुन्यको शुन्यमै रहने । हाम्रो क्षमता विकास कहिले हुने सरकार मेरो प्रश्न यही छ, उहाँले भन्नु भयो ।

यस्तै सरस्वती चौधरीले परिचय पत्र तथा सञ्चारको समस्या आफूहरुले भोग्नु परेको उहाँले गुनासो गर्नुभयो । परिचय पत्र पाउने क्रममा पनि आफूहरुले विभिन्न खालका समस्या झेल्नु परेको उहाँको भागाई छ ।
उहाँको विचार यस्तो छ, –‘अहिले धेरै साथिहरुले मान्यता प्राप्त संकेतिक भाषा भन्दा पनि घरमै प्रयोग गर्ने प्राकृतिक संकेतिक भाषाको प्रयोग गर्नुहुन्छ । उहाँहरुको क्षमता विकास गर्नको लागी हामी सबैको भाषामा एकरुपता र विभिन्न संघसंस्थाका व्यक्तिहरुले पनि हाम्रो भाषाको ज्ञान लिनुभएमा हामीलाई सहज हुनिथियो उहाँले भन्नु भयो ।

यस्तै घोराहीका विष्णुु परियारले आफ्नो भनाई यसरी व्यक्त गर्नुभयो ,–‘म र मेरो श्रीमती हामी दम्पति नै बाहिरा हो । म विभिन्न ठाउँमा हेर्छु बजेट र भत्ताकै विषयमा ठुलो समस्या भैरहेको छ । मैले एकजना आमासँग उहाँको छोराछोरी बाहिरा तर उनिहरुले भत्ता पाएका छैनन् भनेर एक्दमै गुनासो गरिराख्नु हुन्छ । उहाँहरुसँग प्रमाण र परिचय पत्र नै छैन् प्रमाण पाउने कसरी ? यसमा जानकार नभएको जस्तो छ ।

यो चाही हाम्रो एक्दमै ठुलो समस्या हो । अपांगता भएका व्यक्तिहरुको परिचय पत्र बनाउने क्रममा छिटो र सरल रुपमा गरिदिन सके धेरै राम्रो हुने थियो, उहाँले भन्नुभयो ।
यस्तै घोराही उपमहानगरपालिकाकी उपप्रमुख सितासिगदेल न्यौपानेले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्न नगर लागी परेको बताउनुभयो । अन्य अपाङ्गतासँगै बहिरोपनको अपाङ्गता भएका व्यक्तिहरुको क्षमता विकासमा पनि नगरले काम गर्ने उहाँले बताउनु भयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *