तुलसीपुर सिटी हस्पिटलमा नयाँ व्यवस्थापनका साथ सेवा हरेक दुर्घटनाबाट बचाउन हस्पिटलको योगदान महत्वपूर्ण ः वरिष्ठ उपाध्यक्ष ढकाल

तुलसीपुर, २५माघ । दाङको तुलसीपुरबाट सञ्चालन हुदै आएको तुलसीपुर सिटी हस्पिटल प्रा.लिले नयाँ व्यवस्थापनका साथ सेवा प्रदान गर्ने भएको छ ।
विगत ६ वर्ष देखि तुलसीपुरको ‘ग’ बाट स्वास्थ्य सेवा पु¥याउदै आएको हस्पिटलले अब देखि ‘ङ’ लाइनबाट सेवा प्रदान गर्ने भएको हो । उक्त हस्पिटलको शनिवार एक कार्यक्रमका बिच नेपाल उद्योग वाणिज्य महासघंका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रकाश ढकालले रिवन काटेर उद्धघाटन गर्नुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले हस्पिटलले हरेक दुर्घटनाबाट बचाउन महत्वपुर्ण योगदान दिएको बताउनुभयो । उहाँले स्वास्थ्यको महत्व र आवश्यकतालाई बुझेर स्वास्थ्यमा आम नागरिकलाई स्तरीय सेवा दिन सक्ने खालको हस्पिटल बनाउन आग्रह पनि गर्नुभयो ।
तुलसीपुर सिटी हस्पिटल प्रा.लिका अध्यक्ष बिमल रिजालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुको स्वास्थ्य सेवामा फेड्को मार्न सि.टी हस्पिटलले महत्पूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । आधारभूत स्वास्थ्यमा जनताको पहुँचमा स्थापित गर्न तुलसीपुरको सबै वडामा स्वास्थ्य केन्द्र स्थापना गरेको भन्दै उहाँले सामाजिक उत्तर दायित्व अनुसार सेवा प्रदान गर्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा हस्पिटलका निर्देशक हेमराज बस्नेतले हस्पिटल स्थापना पछि हालसम्म ४० हजार बढी नागरिकलाई सेवा दिन सफल भएको बताउनुभयो । उहाँका अनुसार यस मध्ये करिब १ हजार बढीलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ । विगत ६ वर्ष देखि निरन्तर स्वास्थ्य सेवा प्रदान गर्दै आएको हस्पिटलले निकट भविष्यमा भेन्टिलेटर सहितको आइसियु सेवा र ओटी सेवा सुचारु गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

हस्पिटलबाट हाल हाडजोर्नी तथा नसारोग,नाक,कान,घाटीँ रोग,रेडियोलोजिस्ट,जनरल फिजिसियन लगाएत रोगको विषेशज्ञ डाक्टरहरुद्धारा उपचार हुदै आएका हस्पिटलले जनाएको छ ।
हस्पिटलका संस्थापक अध्यक्ष ललित बहादुर घर्तिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार शरद रेग्मीले गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *