दाङमा माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्र्ड च्याम्पियनसीप २०२१ हुँदै

तुलसीपुर, २५ माघ । दाङमा विश्वको ठुलो प्रतियोगीता माइक्रोसफ्ट अफिस स्पेललिस्ट वल्र्ड च्याम्पियनसीप २०२१ हुने भएको छ ।
पहिलो चरणको कार्यक्रम अन्तर्गत जिल्ला स्तरीय प्रतियोगीता दाङमा सञ्चालन हुन लागेको हो । शनिवार हाईटेक कम्प्युटर इन्स्टिच्युटले तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरि यस्तो जानकारी दिएको हो । यो कार्यक्रम यस वर्ष नेपालका विभिन्न जिल्लामा हुने भएको छ ।

जिल्लामा इच्छुक विद्यार्थीलाई माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्र्ड च्याम्पियनसीपमा लैजाने जिम्मेवारी हाइटेक कम्प्युटर तुलसीपुरले पाएको हाइटेकका एम.डी यामबहादुर सोतीमगरले जानकारी दिनुभयो । प्रतियोगीतामा सामान्य कम्प्युटर ज्ञान भएका १३ वर्ष उमेर देखि २२ वर्ष उमेर समुहका विद्यार्थीले सहभागीता जनाउन पाउने छन ।
जिल्ला स्तरीय प्रतियोगिता सञ्चालन गर्नको लागि इन्स्टिच्युटले दाङ जिल्ला भित्र रहेका सम्पूर्ण विद्यालय तथा कलेजसंग सहकार्य गर्ने भएको छ । प्रतियोगिता जिल्ला स्तरीय, राष्ट्रिय र अन्तराष्ट्रिय गरी तीन तहमा संचालन हुने छन । जिल्ला स्तरीय प्रतियोगीतामा छनोट भएका प्रतिस्पर्धीहरु नेशनल तथा इन्टरनेशनल च्याम्पियनसीपको लागी स्वतह छनोट हुनेछन ।

नेशनल च्याम्पियनसीपका लागी ७७ जिल्लाबाट छानिएका ४ सय ६२ जना बिजेताहरु बीच प्रतिस्पर्धा हुनेछ । काठमाण्डौबाट प्रत्येक विधाका २ जना गरी शीर्ष ६ जना विद्यार्थी वल्र्ड च्याम्पियनसीपमा नेपालको प्रतिनिधित्व गर्दै अमेरिकाको ओर्लान्डो, फ्लोरिडा जाने छन् । माइक्रोसफ्ट अफिस स्पेशलिस्ट वल्र्ड च्याम्पियनसीपमा विद्यार्थीलाई सहभागी गराउनका लागि हाईटेक कम्प्युटर इन्स्टिच्युट दाङ जिल्लाको अधिकारीक संस्था हो ।
हाईटेक कम्प्युटर इन्स्टिच्युट तुलसीपुरका अध्यक्ष नवराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुरको स्मार्ट सिटीको अवधारणालाई सफल पार्न प्रतियोगीताले महत्वपुर्ण भुमिका निवार्ह गर्ने बताउनुभयो । आजको युग भनेको सुचना प्रविधिको हो,उहाँले भन्नुभयो,–अबको सासन पद्धतीलाई सुचना र प्रविधिसगं जोडेर लैजान आवश्यक छ । उहाँले सुचना र प्रविधिको शिक्षालाई पुर्वाधार निमार्ण गर्न जरुरी रहेको समेत बताउनुभयो ।

सो अवसरमा प्यावसन दाङका उपाध्यक्ष बिजय जिएम,निसान दाङका सचिव विष्णु देवकोटा,ऐन प्यावसन तुलसीपुरका अध्यक्ष शालिकराम कार्की,नेपाल पत्रकार महासघं दाङका सहसचिव सर्मिला डिसी लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी प्रेम विवश घर्तीले गर्नुभएको थियो ।

साथै उक्त प्रतियोगीता बैशाख २४ गते देखि जेठ ८ गते सम्म जिल्ला स्तरीय हुनेछ । त्यस्तै २०७८ जेठ २३ देखि २७ सम्ममा नेशनल र साउन १७ देखि २० गतेसम्म इन्टरनेशनल गरि सबै प्रतियोगीता सम्पन्न हुने छन ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *