जिल्लामै पहिलो पटक बिए.एल.एल.बि विषय पढाई सुरु हुदै

तुलसीपुर,माघ २६ ।

दाङको तुलसीपुरमा जिल्लामै पहिलो पटक बिए.एल.एल बि (कानुन) विषयको पढाइ सुरु हुदै छ । तुलसीपुर उपमहानगरपालिकाद्धारा सञ्चालित तुलसीपुर बहुप्राविधिक शिक्षालय (मेट्रो कलेज) ले जिल्लामै पहिलो पटक बिए.एल.एल बि (कानुन) विषय पढाइ सुरु गर्न लागेको कलेजले आइतवार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उपमहानगरपालिकाले सिटी.भिटीसगं सहकार्य गरेर मेट्रो कलेज सञ्चालनमा ल्याएको बताउनुभयो । जहाँ अहिले ५ वटा प्राविधिक विषयमा ३ वर्षे कोर्षको पढाई भैरहेको छ । उहाँले तुलसीपुर उपमहानगरपालिकाले सुरु गरेको प्राविधिक शिक्षाको अभियान गएको साढे ३ वर्षमा ५ सय भन्दा बढी पालिकाहरुमा सञ्चालनमा आएको बताउनुभयो । उहाँका अनुसार सामुदायिक विद्यालयमा पनि १ हजार बढीमा प्राविधिक शिक्षा सञ्चालनमा आइसकेको छ ।

तुलसीपुर उपमहानगरपालिकालाई एतिहासिक गौरव गर्ने अवसर प्राप्त भएको छ,उहाँले भन्नुभयो,कि हामीले स्थानिय सरकारको सहकार्यमा प्राविधिक शिक्षालय सञ्चालन गर्न सकिन्छ भन्ने कुरा प्रमाणित गरेका छौँ । नेपालको मात्र होइन एसियाकै ठूलो उपत्यकामा पर्ने दाङ जिल्लामा शैक्षिक संस्था निकै कम भएको बताउदैँ पाण्डेले निर्वाचनमा गरेका प्रतिबद्धताहरु पुरा गर्दै तुलसीपुरलाई नेपालको एउटा शैक्षिक हवका रुपमा स्थापना गर्न लागि परेको बताउनुभयो ।

कलेजमा बिए.एल.एल.बि विषयको ६ वर्षे कोर्ष बनाइएको भने यस विषयको ६÷६ महिनामा परिक्षा हुने पाण्डेले बताउनुभयो । जुन सुकै विषय पढेको विद्यार्थीहरुले पनि यो विषय पढ्न पाउन सक्ने छन । विश्व विद्यालयले तोकेको ३ लाख ९७ हजार शुल्कमै यहाँ पढाई हुने छ । माघ ३० गतेसम्म फाराम भर्न सकिने छ भने फागुन २ गते इन्ट्रान्स परीक्षा हुने छ । त्यसमा ४० जना विद्यार्थीलाई छनोट गरिने छ । पाण्डेका अनुसार फागुन १६ गतेदेखि बिए.एल.एल बि (कानुन) विषयको पढाइ सुरु गरिने छ ।

त्यस्तै सिप सिकेर केही गर्न चाहेका तर घरायसी कारणले पढन नसकेकाहरुलाई अहिले १ सय जना बढीलाई कपाल काट्ने देखि लिएर मोटरसाइकल मर्मत गर्ने,मोवाइल ममर्त,इलेक्ट्रीक सिटी,बेमौसमी तरकारी खेती लगाएतका आधारभुत तथा सिप विकास तालिमहरु सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले करिब ३२ करोडको लगानीमा मेट्रो कलेजको भवन निमार्ण गर्न लागेको पनि जानकारी दिनुभयो ।

मेट्रो कलेज सञ्चालक समितिका सदस्य एवं वडा नं १२ का अध्यक्ष सुर्य बहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका कानुन अधिकृत आचल बगाल,विद्यार्थी कुसुम भण्डारी ,तिर्सना रोकाए लगाएतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण कलेजका प्रध्यापक बसन्त आचार्यले गर्नुभएको थियो ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *