सुरक्षा सतर्कता बढाउ नेपाल(भारत सिमाक्षेत्रमा थपिदै बि।ओ।पी। दाङमा पाँचवटा बिओपी स्थापना

पटौलीनाका, २७ माघ
भारतसँग जोडिएको दाङको नेपाल भारत सिमाक्षेत्रमा धमाधम सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट स्थापना भएको छ । सिमाक्षेत्रमा बढ्दो सिमा अपराध नियन्त्रण तथा रोकथाम, सिमाक्षेत्रमा बसोबास गर्दै आइरहेका नाकाबासीलाई शान्ति सुरक्षाको महशुल गराउन नेपाल भारत सिमाक्षेत्रमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना गरिएको हो ।

यस्तै सोमबार दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीनाका र वडा नम्बर १ पटौलीनाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बाहिनी मुख्यालयका रूपन्देही कपिलवस्तु बाहिनिपती किशोर प्रधान, दाङका प्रमुख जिल्ला जयनारायण आचार्य, राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले संयुक्त रुपमा पोष्टको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन गर्दै बाहिनिपती किशोर प्रधानले स्थानीयहरूसंग समन्वय गरेर अहोरात्र खट सिमाक्षेत्रमा शान्ति सुरक्षा प्रदान गर्न आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि प्रधानले सिमाक्षेत्रमा शान्ति सुरक्षाको लागि अहोरात्र खट्ने सशस्त्र र नेपाल प्रहरीलाई आफ्नै घरको छोरो बराबरको व्यवहार सरह गरिदिनु हुन स्थानीयहरूसंग अनुरोध गर्दै, सिमा सुरक्षा, सीमामा हुने अपराध नियन्त्रण गर्ने, लागु औषध ओसारपसार जस्ता अपराधीक गतिविधिलाई नियन्त्रण गर्ने पोष्टको स्थापना गरिएको उहाँले बताउनुभयो ।

भारतसंग सिमाना जोडिएका एक सय चौधवटा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना गर्ने नेपाल सरकारको लक्ष्य रहेको बाहिनीपति प्रधानले बताउनुभयो । सशस्त्र प्रहरीले सिमानामा भएका सिमा स्तम्भ र पिल्लरहरुको रेखदेख, सुरक्षा तथा जानकारी लिने छन् ।

दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले यो आर्थिक बर्षमा दाङको सिमा नाकामा १२ वटा प्रस्तावित सशस्त्र प्रहरीको क्याम्प स्थापना गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार बजेट अभावका कारण पाँचवटा मात्र स्थापना गर्न सफल भएको छौँ । बाकी सातवटा क्याम्पहरु अर्को बर्षमा स्थापना गर्नका लागि कार्ययोजना बनाईरहेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।

ञपोष्ट स्थापना पश्चात् सिमाक्षेत्रमा नेपाली नागरिले मात्रै नभएर भारतले पनि शान्ति सुरक्षाको महशुल गर्ने छन् । सिमित स्रोत साधनको बाबजुद पनि शान्ति सुरक्षाको लागि सिमाक्षेत्रमा अहोरत्र खटिरहेको अवस्था छ, प्रमुख जिल्ला अधिकारी आचार्यले भन्नुभयो,(। ञउच्म मनोबल कायम रहोस् । छिमेकी राष्ट्र भारतीय एसएसबीसंगको सम्बन्ध कायम राख्नु । स्थानीयसंग सुमधुर सम्बन्ध राख्दै सिमाक्षेत्रमा बढ्दो सिमा अपराध नियन्त्रणमा सक्रियता बढाउदै नेपाल प्रहरीसंग समन्वय गरि नाकाबासीलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनु होला ।झ

यस्तै कार्यक्रममा राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले नाका क्षेत्रमा सशस्त्र प्रहरीको क्याम्प स्थापना हुनु अत्यन्तै खुशीको कुरा भएको बताउदै, अब नाकाका बासिन्दा भारतीय नागरिक र भारतीय सुरक्षाकर्मीसंग हेपिनु पर्ने बाध्यता अन्त्य भएको बताउनुभयो ।

अहिले सम्म नेपाली भूमिलाई बिनाबर्दीका सिपाही भएर सुरक्षा दिएको प्रति खुशी व्यक्त गर्दै आगामी दिनमा पनि सुरक्षाकर्मीसंग सहकार्य गरेर शान्ति सुरक्षामा सहयोग पुर्‍याउन आग्रह गर्नुभएको हो । ञखुला सिमाना भएको हुनाले सिमाक्षेत्रमा हुनसक्ने विभिन्न अपराध नियन्त्रण गर्न प्रत्येक सिमानामा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट आवश्यक रहेको छ ।झ

यस अघि गढवाको कोइलाबास, राजपुर गाउँपालिका खांग्रा, र सुनपथरी नाकामा सशस्त्र प्रहरीको पोष्ट स्थापना भैसकेको छ । हाल सम्म दाङमा पाँचवटा बोर्डर आउट पोष्ट स्थापना भैसकेका छन् अब सातवटा स्थापना हुने प्रक्रियामा रहेको दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताउनुभयो ।
गुरुङ, भौवा, सिरिया, भौरिसाल, मुसिनाका डगमारा र खबरीनाका सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना गर्नका लागि प्रस्तावित नाका हुन् । यी प्रस्तावित नाकाहरुमा सशस्त्र प्रहरीको बाह्रवटै क्याम्प कम्तिमा ६ देखि ७ किलोमिटरको दुरीमा रहने छन् । हाललाई भैसाही र पटौलीनाका स्थित स्थानियको घर भाडामा लिएर तारवार गरेर क्याम्प स्थापना गरिएको छ ।

कार्यक्रममा २९ नम्बर गण हेडक्वाटर ज्वालामाई भालुबांगका एस।पी टोप खनाल, सशस्त्र प्रहरी बल नेपाल ४१ नं। रिर्जभ गण हे।क्वा अर्जुनखोलाका प्रमुख यादव विश्वकर्मा, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख गणेश चन्द, राष्ट्रिय अनुसन्धान दाङका प्रमुख अर्जुन भण्डारी, सेनानी दाङका प्रमुख सुनिल थापा लगायतको उपस्थिति रहेको थियोे ।

सशस्त्र प्रहरी पोष्ट स्थापना भएपछी नाकालीबासी खुशी
बर्षौ देखि भारतिय सुरक्षाकर्मी र भारतिय नागरिकको ज्यादती सहेका नाकाबासी भैसाही र पटौलीनाकामा सशस्त्र प्रहरीको पोष्ट स्थापना हुँदा खुशी भएका छन् । नाकामा राज्यको उपस्थिती भएपछी उनिहरुलाई आधार भएको छ ।

घर आगनमा प्रहरी पुग्दा गर्बले शिर उच्च भएको भैसाहीनाका निवासी सीता गिरीले बताउनुभयो । हात हतियार सहित भारतीय प्रहरी नेपाली भूमिमा प्रवेश गर्नु कुनै नौलो कुरा हैन, नेपाली बस्तीमा आउने र धम्कि दिने उनीहरुको पुरानै रबैया हो, अब केहि समस्या भयो भने नेपाल प्रहरी र सशस्त्र प्रहरी हुनुहुन्छ हामि ढुक्क छौ, उहाँले भन्नुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *