जनप्रतिनिधि महिला भन्छन् ः के हामी कोटा पुर्याउनको लागि मात्र हो ?

तुलसीपुर,माघ २७ ।

संविधानमा सबै नागरिकलाई समान अधिकार दिने नीति लागू गरे पनि त्यो कार्यान्वयन हुन नसकेको एक कार्यक्रमका सहभागीले बताएका छन् । क्रियाशील महिला पत्रकार (धधव) दाङको आयोजना तथा बबई गाउँपालिकाको सहयोगमा सोमबार बबई गाउँपालिकाको सभाहलमा भएको ग्रामिण महिला शसक्तिकरणको लागि स्थानिय तह र सञ्चारकर्मी महिलाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागीले यस्तो बताएका हुन् ।

कार्यक्रममा बबई गाउँपालिका वडा नं २ का सदस्य मञ्जु वलीले स्थानिय सरकारले जनप्रतिनिधि महिलाहरुलाई कोटा पुर्याउनको लागि मात्र सहभागी गराउने गरेको गुनासो गर्नुभयो । महिला भएकै कारण हामीलाई हरेक कुरामा पछि पारिएको छ,हामीले चाहेर पनि केही गर्न नसकिरहेको अवस्था छ उहाले भन्नुभयो,–के हामी महिलाहरु कोटा पुर्याउन को लागि मात्र हो त ? उहाँले महिला भएकै कारण पीडित महिलाकै विवाद मिलाउन खोज्दा समेत मार्ने धम्की आउने गरेको र यसले गर्दा पनि आफुहरु पछि हट्न बाध्य हुनुपरेको गुनासो गर्नुभयो ।

बबई ६ की सदस्य इन्द्रा अधिकारीले आफ्नो काम,कर्तव्य र अधिकार थाहा पाउन नसक्दा पनि महिला आफै पर्न पुगेको बताउनुभयो । वडाहरुमा जति पनि योजना छन् ति सबैमा महिलाहरुको नाम राखिन्छ उहाँले भन्नुभयो– तर काम गर्ने बेला पुरुषहरु मात्र जाने गर्नुहुन्छ । ग्रामिण भेगमा मात्र होइन हरेक क्षेत्रका महिलाको कुरा सजिलो गरी सुनिवाई हुन नसक्नु दुखद कुरा भएको भन्दै उहाँले अब महिलाको हक हितमा एक हुन् जरुरी रहेको बताउनुभयो । गाउँपालिकामा महिला शसक्तीकरणको पहिलो भएपनि यो कार्यक्रमले धेरै आत्मविस्वास बढेको भन्दै उहाँले अब छिट्टै वडा स्तरिय महिला शसक्तिकरण कार्यक्रम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । बबई गाउँपालिका वडा न ४ का सदस्य गौरी बोहोरा र वडा नं ३ कि सदस्य सरस्वती नेपालीले बजेट,योजना बाँडफाँडको क्रममा समिति गठन गर्दा महिला सहभागीता कम मात्रामा गराउने गरेको गुनासो गर्नुभयो ।

क्रियाशील महिला पत्रकार (धधव) दाङका अध्यक्ष रोशनी मल्लको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि बबई गाउँपालिकाका उपप्रमुख सावित्रा विश्वकर्माले महिला र पुरुषबीचको विभेदकारी मानसिकता र व्यवहार अझै पनि परिवर्तन हुन नसकेको बताउनुभयो । महिलाहरुलाई घर परिवारमा दिने खालको जिम्मेवारी स्थानीय सरकारमा दिइएको छ,उहाँले भन्नुभयो,यसले गर्दा महिलाहरु अल्झनमा परेका छन ।

उहाँले जबसम्म मानविय चेतनाको विकास हुँदैन तबसम्म भौतिक विकासको कुनै अर्थ नहुने बताउनुभयो । ग्रामीण स्थानका जनप्रतिनिधि पनि आफ्नो दायित्व बुझ्न नसकिरहेको अवस्था रहेको उहाँको भनाई छ । उहाँले महिला सशक्तिकरणका लागि वडा–वडामा मदिरा नियन्त्रण कार्यक्रम ,महिलाहरूलाई आर्थिक रुपमा माथी उठाउनका लागि विभिन्न सीप मुलक तालिमहरु गरिरहेको पनि बताउनुभयो ।

गाउँपालिका भित्र न्यायिक सम्पादन गर्दा न्यायका क्षेत्रमा दक्ष जनशक्ति अभाबको बावजूद पनि न्याय सम्पादन गर्दा न्यायिक सिदान्त,प्रचलित कानून तथा स्थानिय विवाद समाधानका लागि दर्ता देखि निरूपण सम्मको कार्यहरू चुस्त दुरुस्त राख्दै अगाडि बढेको उपप्रमुख विश्वकर्माले बताउनुभयो ।

गाउँपालिकाले मेलमिलाप कर्ता अभिमुखीकरण तालिम सञ्चालन गर्दै मेलमिलाप कार्यहरुलाई वडा मेलमिलाप केन्द्रमा खटाई वडा स्तरबाटै विवादको निरूपण होस् भन्ने उद्देश्यका साथ यसै वर्षदेखि लागू हुने गरी वडा मेलमिलाप केन्द्र समेत गठन गरेको बताउनुभयो । न्यायिक समितिमा लैगिक हिंसा,पारिवारिक विवाद,जग्गा रोक्का, आठासाधी, पारिश्रमिक ठगी लगाएतका मुद्दाहरू दर्ता हुन आउने गरेको बताउनुभयो । उहाँका अनुसार समितिमा आर्थिक वर्ष २०७४÷०७५ मा ७० ओटा मुद्दा मध्ये ४९ मुद्दा निरूपण गरेको र २१ मुद्दा बक्यौता,०७५÷७६ मा ७२ उजुरी दर्ता मध्ये ५४ निरूपण भएको र १८ मुद्धा बक्यौता,०७६÷७७ मा ६६ उजुरी मध्ये ४३ निरूपण भएको र २३ बक्यौता रहेको बताउनुभयो । त्यस्तै उहाँले यस चालुँ आर्थिक वर्ष ०७७÷०७८ मा हालसम्म ४५ उजुरी मध्ये २७ निरूपण र १८ मुद्दा विचाराधीन अवस्थामा रहेको पनि जानकारी दिनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि क्रियाशिल महिला पत्रकार डब्लु डब्लु जे दाङका सस्थापक अध्यक्ष बसुन्धरा गौतमले आधारपत्र प्रस्तुत गर्नुभएको थियो । संविधानले सबै नागरिकको अधिकारलाई समान पनि अझै पनि यो महिलामा सार्थक हुन् नसकेको बताउनुभयो । उहाँका अनुसार यो पत्रकार महिलाको पनि मुख्य समस्या हो । स्थानीय सरकारलाई संविधानद्धारा नै धेरै काम तथा कर्तव्य प्रदान गरेकोले पनि स्थानीय सरकारले महिलाहरुलाई शसक्तीकरण गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

आफ्नो काम,कर्तव्य र जिम्मेवारी अभिमुखिकरण गर्न संवैधानिक तथा कानुनी प्रावधानहरुको बारेमा जानकारी दिन,असल अभ्यासहरुको बारेमा जान्ने,बुझ्ने र बुझाउन सीप तथा सञ्चार विधिकबारे ज्ञान बृद्धि र कार्यान्यन गर्न स्थानीय सरकारले स्थानीय सञ्चार,माध्यम तथा तिनमा काम गर्ने महिला पत्रकारहरुसगं समन्वय गर्न जरुरी रहेको समेत बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि बबई गाउँपालिकाका महिला बालबालिका शाखा प्रमुख स्वरा रावतले गाउँपालिकामा रहेका समस्या समाधानका लागि आफुहरु लागिपरेको बताउनुभयो ।

बबई गाउँपालिका अन्तर पार्टी महिला सञ्जालका प्रमुख दीपा केसीले लैगिक हिंसाको कार्यक्रमहरु गरिरहदा अझै पनि समाजमा पुरुषको पितृसत्तात्मक सोच नहटेको बताउनुभयो । परिवार देखि निर्णयायक तहसम्म पुरुषको सोचमा परिवर्तन छैन,उहाँले भन्नुभयो,–महिलालाई हरेक कुरामा बेवास्ता गरिएको छ । उहाँले क्षमता र योग्यताका आधारमा महिलालाई समेट्न जरुरी रहेकोमा जोड दिनुभयो ।

त्यस्तै बबई गाउँपालिका अन्तर्गत सञ्चालनमा आएको सेफ हाउस समितिका व्यवस्थापक करिष्मा विश्वकर्माले जेठ महिनाबाट सुरु गरेको सेफ हाउसमा जेठा ४ जना,असारमा ५ जना, साउनमा ३,भदौमा ४,असोज २ कार्तिकमा ४ मंसिरमा ६ जना सेवा दिएको बताउनसभयो । उहाँका अनुसार सेफ हाउसमा घरेलु हिंसाको पीडितहरु धेरै आउने गरेका छन ।

सो अवसरमा सहभागी तारा भण्डारी,नेपाली कांग्रेस नेतृ अन्जु घर्ती हिंसा पीडित महिला ललिता सुनार लगाएतले बोल्नुभएको थियो । क्रियाशील महिला पत्रकार (धधव) दाङका सल्लाहाकार सन्द्यया रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा धन्यावाद ज्ञापन सदस्य देवी भण्डारीले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सचिव सर्मिला डिसीले गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *