त्रिभुवननगर जेसीज र दाङ महिला जेसीजलाई स्वागत सम्मान

दाङ, २७ माघ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघले त्रिभुवननगर जेसीज र दाङ महिला जेसीजलाई स्वागत सम्मान गरेको छ । संघले सोमवार एक कार्यक्रमको आयोजना गरि वर्ष २०२१ का कार्य समितीलाई टीका र माला लगाएर स्वागत सम्मान गरेको हो ।

कार्यक्रममा वोल्दै त्रिभुवननगर जेसीजका अध्यक्ष मुकेश शर्माले जेसीजले समाजमा सकारात्मक कार्यका लागि सबै संग सहकार्य गरेर अगाडि वढने बताए । उद्योग वाणिज्य संघ संग विगत लामो समय देखि सहकार्य हुदै आएको भन्दै आउदा दिनका पनि सहकार्य निरन्तरता हुने बताए । संघ र जेसीज मिलेर युवाहरुलाइ उद्यमशिलतामा लगाउनु पर्ने उनको भनाइ रहेको छ ।

दाङ महिला जेसीजका अध्यक्ष ममता विष्ट डाँगीले जेसीजले व्यतिलाइ नेतृत्व र व्यक्तित्व विकास गर्न सहयोग पुग्ने बताइन् । व्यक्तित्व विकास भएमा मानिस हरेक क्षेत्रमा अगाडि वढन सक्ने उनको भनाइ रहेको छ । जसले गर्दा हरेक क्षेत्रमा अगाडि वढन सहयोग मिल्ने उनले बताइन् । कार्यक्रम संघका दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षतामा भएको थियो ।

संघका बरिष्ठ उपाध्यक्ष नरेश कार्कीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रममा सहभागिलाइ धन्यावाद ज्ञापन उद्योग सदस्य भरतप्रसाद रेग्मीले गरेका थिए । कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *