नयाँ सदस्य खोज्दै सर्वाेदय बाल क्लव

घोराही, २७ माघ
सर्वोदय बाल क्लवले सदस्य खोज्ने अभियानलाई तिव्रता दिएको छ । घोराही उपमहानगरपालिका वडा नम्वर १४ मा रहेको सर्वोदय बाल क्लवले आईतवार सदस्यता वृद्धि कार्यक्रम सञ्चालन गरेको छ । बालबालिका तथा अभिभावको सक्रियतामा सदस्यता वृद्धि सम्वन्धि घरदैलो कार्यक्रम गरेर आईतवार २१ जना नयाँ सदस्य थपिएको हो ।

क्लवले आफ्नो टोलभित्र रहेका बालबालिकालाई बाल क्लवमा सहभागी गराउने उद्धेश्यका साथ सदस्यता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको हो । क्लवका अध्यक्ष चन्द्रप्रकाश नेपाली, सचिव सन्दिप जिएम, सहसचिव लक्ष्मी श्रेष्ठ, सिद्धार्थ गौतमनगर टोलका अध्यक्ष चित्रकान्त आचार्य, दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायन भुषाल, नुमाकान्त आचार्य, क्लवका सल्लाकार नविन श्रेष्ठ, बाल क्लवका पदाधिकारीहरु लगाएतको सक्रिय सहभागितामा सदस्यता अभिवृद्धि सम्बिन्धि घरदैलो अभियान सञ्चालन गरिएको हो ।

बाल क्लवका सचिव सन्दिव जिएमले आईतवार गरिएको कार्यक्रमबाट टोलका थप २१ जना बालबालिकालाई सदस्यता वितरण गरिएको जानकारी दिनुभयो ।

बाल क्लवले बालबालिकाको अधिकार सुनिश्चित गर्नुका साथै उनिहरुलाई सहि सस्कार सिकाउने थलो रहेको भन्दै बाल क्लवमा सदस्यता लिन आग्रह गर्नुभएको हो । यस्तै सल्लाकार नविन श्रेष्ठले सर्वाेदय पुस्तकालय तथा बाचनालयभित्रै रहेको बाल क्लवमा बालकालिकालाई पढ्नका लागी ज्ञान बद्र्धक पुस्तकहरु रहेकाले पनि बालबालिकामा पढ्ने संस्कारको विकास हुने बताउनु भयो ।

बालबालिकाको क्षमता र नेतृत्व विकासमा पनि बाल क्लवले निकै महत्वपुर्ण टेवा पुराउने भन्दै बाल क्वलसँग आफ्ना बालबालिकालाई जोड्न अभिभावकमा आग्रह समेत गर्नुभयो ।

यस्तै स्थानिय तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष भुषालले बालबालिकाको क्षमता विकासलाई टोलबासीको हिसावले आफूहरुले निकै प्रमुखताका साथ अघि सारेको बताउनु भयो । टोल विकास संस्थाका अध्यक्ष आचार्यले अन्य बालबालिकाको तुलनामा आफ्नो टोलका बालबालिका क्लवको माध्यमबाट निकै अनुशासित र बैद्धिक बन्दै हुर्किएको भन्दै शुखी व्यक्त गर्नु भयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *