कुखुरा पालनमै रमाउनु भएका पौडेल

दाङ, २८ माघ। देशमा रोजगारी नपाएर कयौँ युवाहरु रोजगारीको लागी विदेशीरहदा भने कयौ नागरिक स्वदेशमै विभिन्न पेशा र व्यवसायमा आवद्ध भएर जिवनलाई आय आर्जनसँग जोड्न सफल भएका छन् । यस्तै मध्येका एक हुनुहुन्छ, घोराही उपमहानगरपालिका वडा नंम्वर १८ को मसिनाका अन्जन पौडेल ।

उहाँ कृषिकर्ममै रमाउनु भएको छ । पौडेलले कुखुरा पालनलाई नै आर्थिक सम्पन्ताको आधार बनाउनु भएको छ ।

पौडेलले २०७० सालदेखी दाङमा व्यवसायिक कुखुरा पालन गर्दै आउनु भएको छ। वाणिज्यतर्फको अध्ययन भएपनि उहाँ कृषि कर्ममा रमाई रहनु भएको छ । आजभन्दा ८ वर्ष पहिले १५ लाखको लगानीमा सुरु गरेको कुखुरा फर्मबाट उहाँले राम्रो सफलता भेट्नु भएको छ ।अहिले उहाँले फर्ममा ४० लाखको लगानी पुराउनु भएको छ । उहाँको फर्ममा अहिले २ वटा खोर रहेका छन् भने ५ हजार कुखुरा उहाँले पाल्नु भएको छ ।

उहाँ भन्नुहुन्छ,–‘मैले लेस कुखुरा पाल्दै आएको छु । ५ हजार क्षमताको कुखुराको खोर छ भने अहिले मसँग १५ सय लेस कुखुरा छन् । हमीले ६ महिना सम्म एउटै कुखुरालाई ४ हजार बरावरको दाना खुवायौँ भने त्यसपछि बल्ला अण्डा दिन सुरु हुन्छ ।

आफुहरुले आम्दानी गर्ने भनेकै अण्डाको विक्रीबाट हो । अहिले दैनिक रुपमा कुखुराले लगभक १२ सय ५० देखी १३ सम्म अण्डा दिईरहेका छन्, उहाँले भन्नुभयो ।

अहिले उहाँले मार्फ मार्फत एक जनालाई रोजगारी समेत प्रदान गर्दै आउनु भएको छ । उहाँ भन्नु हुन्छ ,–‘पोल्ट्री फर्म व्यवसायमा विचौलियाको समस्या निकै छ । अरु पेशा व्यवसायभन्दा पोल्ट्री फर्ममा विचौलिया धेरै छन् । अर्काे कुरा हामी साना व्यवसायीहरुलाई निकै समस्या पनि छ । हामीलाई दाना महंगो पर्न जान्छ । त्यसैले पनि हमीलाई निकै समस्या छ, उहाँले भन्नु भयो ।

पौडेल भन्नुहुन्छ,–‘कुखुरा पालन पनि हेर्दा देखिए जस्तो सहज छैन् । यसमा पनि केही चुनौति पक्कै पनि छन्, तर ति चुनौतिमा आतिएर होईन । चुनौतिको सामाना गरेर अघि बढ्न सक्नुपर्छ । आवश्यव पनि सफलता भेटिन्छ ।

कुखुरा पालिसकेपछि यसको खोर व्यवस्थापनदेखि लिएर यसले खाने दाना, औषधि उपचार, सरसफाई सबै कुराको सही ब्यवस्थापन गर्न सक्नु पर्छ । त्यसैले कुखुरा पालनमा पनि लगनशिलता र मेहनतका साथ काम गर्न सके आवश्य पनि आर्थिक सम्पन्ता भेट्न सकिन्छ, उहाँले भन्नु भयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *