मेयरकपको उपाधी यस वर्ष पनि घोराही १८ ले हात प¥यो

दाङ, २८माघ । घोराही उपमहानगरपालिकाले आयोजना गरेको चौथो मेयर कप फूटबल प्रतियोगिताको उपाधि यस वर्ष पनि वडा नम्बर १८ ले हात पारेको छ । गतवर्ष पनि घोराही १८ ले नै प्रतियोगिताको उपाधि हात पारेको थियो । नवलपुर खेल मैदानमा आज भएको अन्तिम खेलमा घोराही १३ लाई ० शुन्यका विरुद्ध १ गोलले पराजित गर्दै दोस्रोपटक वडा नम्वर १८ ले उपाधी हात पारेको हो ।

घोराही १८ का खेलाडी शंकर भण्डारीले गर्नुभएको १ गोलले जित हासिल गराएको हो । उपाधी हात पार्न सफल घोराही १८ ले १ लाख रुपैया नगद र शिल्ड प्राप्त गरेका छन् ।

यस्तै उपविजेता घोरही १३ लाई ५० हजार नगद र शिल्ड प्रदान गरिएको हो । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षता तथा लुम्विनी प्रदेश सभा सदस्य अमरबहादुर डाँगीको प्रमुख आतिथ्यतामा प्रतियोगिताको समापन गरिएको हो ।

यस्तै उत्कृष्ठ खेलाडीका रुपमा घोराही १८ का संखर भण्डारी र जनक बुढा मगरलाई सम्मान गरिएको छ । अनुशासित वडाका रुपमा वडा नम्वर २ लाई, उत्कृष्ठ मध्ये पंतिका खेलाडीका रुपमा वडा नम्वर १३ का प्रमोद बुढा, गाउत्कृष्ठ गोल रक्षकका रुपमा सुभाष थारुलाई सम्मान गरिएको छ ।

यस्तै उत्कृष्ठ गोल कर्ताका रुपमा समान ६–६ गोल गर्नुभएका वडा नम्वर ७ का एञ्जल रोका र १३ का विजेन्द्र घर्तिलाई सम्मान गरिएको छ । यस्तै उत्कृष्ठ खेल प्रशिक्षकका रुपमा घोराही १८ का सन्तोष घर्ति मगरलाई सम्मान गरिएको छ ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *