दाङमा अवैध सालको काठ बरामत, कटान कार्यमा संलग्नहरु फरार

दाङ, २९ माघ । डिभिजन वन कार्यालय दाङले करिव ३० क्यूफिट सालको काठ वरामत गरेको छ भने सालको रुख कटान कार्यमा संलग्नहरु फरार रहेका छन् ।
डिभिजन वन कार्यालय दाङ र नारायणपुर सव डिभिजन वन कार्यालयको गस्ती टोलीले नारायणपुर सव डिभिजन वन कार्यालयको कार्य क्षेत्र अन्तर्गत घोराही उपमहानगरपालिका १२ पिरीगाँउबाट सालको ६ थान गोलिया र ११ थान चिरान गरी जम्मा १७ थान बरामद गरिएको छ ।

बरामद गरिएको गोलिया तथा चिरान काठ जम्मा २९.२८ क्यूफिट रहेको छ ।बरामद गरिएका काठ र कटान कार्यमा प्रयोग भएका हातहतियार डिभिजन वन कार्यालयको गस्ती टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागी डिभिजन वन कार्यालय परिसर घोराहीमा राखिएको छ ।

यस घटनामा संलग्न मानिसहरुले लगाएका लत्ता कपडा , काठ चिरानमा प्रयोग गरिएका हाते आरा ३ थान, वनचरो ३ थान, फलामको खन्ती १ थान, मार्किङ्ग डोरी कालो रंगको २ थान, कुटो १ थान, गिरान आरा १ थान बरामद गरिएको छ ।
वन गस्ती आएको देखेपछि कटान कार्यमा संलग्नहरु भागेको स्थानियहरुले वताएका छन् । संलग्नहरुको खोजी कार्य भईरहेको डिभिजन वन कार्यालयका सुचना अधिकारी खिम बहादुर केसीले जानकारी दिनु भयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *