माइती खोज्दै दाङकी एक चेली

दाङ, २९ माघ । दाङकी एक चेली ५ वर्षदेखि माइतीसँग सम्पर्क हुन नसकेको भन्दै सम्पर्क गरिदिन सबैमा आग्रह गरेकी छन् । सुनसरीको दुहवी नगरपालिका वडा नम्बर १२ पूर्व कुशहरा विवाह गर्नुभएकी साविकको घोराही उपमहानगरपालिका वडा २ कपासीकी आशा रिसिदेव (विश्वकर्मा) ले विस २०७२ सालदेखि माइतीसँग सम्पर्क नभएको बताउनुभयो ।

भूकम्प भन्दा पहिले माइतीसँग सम्पर्क हुने गरेको भएपनि त्यसभन्दा पछि आफूसँग भएको कुनै पनि नम्बरमा फोन नलागेकाले सम्पर्क हुन नसेको आशाले बताउनुभयो । उहाँले आफ्नो माइतीसँग सम्पर्क गरिदिन आग्रह गर्नुभयो ।

‘नेपालमा भूकम्प जानु भन्दा पहिले त फोनामा कुरा हुने गरेको थियो । त्यसपछि त उहाँहरुको नम्बरमा फोन लाग्दै लाग्दैन, के भयो, भयो?,’ आशाले भन्नुभयो, ‘तपाइहरुले माइतीसँग सम्पर्क गरिदिनुपर्यो ।’
आशाका अनुसार माइतीमा बुवाको मृत्यु भइसकेको छ ।

तर आमा, भाइहरु र बहिनीहरु हुनुहुन्छ । बुवाको नाम लालबहादुर विश्वकर्मा हो । आमाको नाम यमुना विश्कर्मा त्यसैगरी भाइहरु विनोद, विरण र बहिनीहरु मनिषा, खुसी विश्वकर्मा हुनुहुन्छ । उहाँहरुसँग सम्पर्क गर्न खोजेको ५ वर्ष वितेपनि सम्पर्क हुन नसकेकाले मिडियामा भनेर सम्र्क गर्न खोजेको आशाले बताउनुभयो ।

उहाँले आफ्नो विहे सानै उमेरमा १० वर्ष अघि भएको भन्दै अहिले त घोराही आउन कठीन हुने गरेको बताउनुभयो । सानै उमेरमा विवाहपछि एक पटक पनि माइतमा नआएको आशाले सुनाउनुभयो । अहिले आफ्नो तीन वटा छोरा भएको र उनीहरुको जन्मदर्ता बताउँदा माइत तर्फबाट सिफारिस आफ्नो गाउँमा खोजेकाले माइतीसँग सम्पर्क गरेर त्यसकालागि दाङ आउन खोजेको आशाको भनाई छ । तर सम्पर्क हुन नसकेकाले आफू निकै अप्ठेरोमा परेको उहाँले बताउनुभयो ।

फोन कुराकानीमा उहाँले माइतीसँग कुनै झैझगडा नभएको बताउनुभयो । ‘उहाँहरुसँग कुनै झैझगडा भएको होइन, भूकम्प जानु पूर्व राम्रै कुरा हुने गथ्र्यो, भूकम्प गयो त्यसपछि के भयो, भयो ? अहिले त फोन हुन सकेको छैन ।’ आशाले भन्नुभयो । उहाँले चिनेकाले ९८१७३१६९८२ मा फोन गर्न आग्रह गर्नुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *